चीनको अल्पसंख्यक जातीय क्षेत्रमा विज्ञान प्रविधि

CRI

      
        चीनको अल्पसंख्यक जातीय क्षेत्रमा विज्ञान-प्रविधिको विकासलाई बढाउनका लागि चीन सरकारले अनेकन् विशेष नीतिहरु लागू गरेको छ। तीमध्ये अल्पसंख्यक जातिका वैज्ञानिक र प्राविधिज्ञहरुलाई मुख्य रुपमा हुर्काउने र तालिम दिने गरिएको छ। सामान्य विश्वविद्यालयमा योजनाबद्ध रुपमा अल्पसंख्यक जातिका विद्यार्थीलाई भर्ना गराउने वा तीनका लागि विशेष कक्षा सञ्चालन गर्ने गरिएको छ। अल्पसंख्यक क्षेत्रका विश्वविद्यालयहरुमा अत्यावश्यक विशेष विषयक कक्षा थप गरेर विशेष व्यवसायका प्राविधिज्ञहरुलाई जोडतोडसित हुर्काउनथालिएको छ। यसका अतिरिक्त, विभिन्न जातिका अहिलेका वैज्ञानिक तथा प्राविधिज्ञहरुलाई तालिम दिन वा उनीहरुको स्तर वृद्धि गर्नका लागि प्रभावकारी उपाय अवलम्बन गरिएको छ । अल्पसंख्यक जातीय क्षेत्रमा दक्ष व्यक्ति र प्राविधिज्ञको व्यवस्था मिलाउन तथा परम्परागत व्यवसाय तथा उत्पादित वस्तुमा सुधार गर्न सहायता दिंदै आर्थिक नाफा कमाउन सहयोग पुर्‍याइएको छ। ग्रामीण क्षेत्र र पशुपालन क्षेत्रमा विज्ञान प्रविधिलाई व्यापक पार्ने प्रणालीको स्थापना र त्यसलाई सुव्यवस्थित पार्दै व्यवहारोपयोगी विज्ञान प्रविधिको व्यापकता र तालिमलाई सुदृढ पारी आदर्श नमूनालाई विस्तृत रुपमा सिफारिश गर्नुपर्छ। कार्य अवस्था तथा जीवन-यापनको सुविधा जस्ता पक्षमा सहूलियतको नीति अवलम्बन गरी वैज्ञानिक तथा प्राविधिज्ञहरुलाई जातीय क्षेत्रका लागि पनि राम्रो योगदान गर्न प्रेरणा दिने गरिएको छ। विकसित क्षेत्रबाट जातीय क्षेत्रको वैज्ञानिक तथा प्राविधिक क्षेत्रको सहायतालाई बढाउनु पर्छ। जस्तो विशेज्ञहरुलाई ती क्षेत्रमा अतिरिक्त कार्य गर्न निम्तो गर्नु, ती क्षेत्रमा पढाउन तथा छोटो समयसम्म काम गर्न वैज्ञानिक तथा प्राविधिक कार्यकर्तालाई प्रेरणा दिनु तथा प्राविधिक क्षेत्रमा सहयोगलाई विस्तार गर्नु र मानिसहरुलाई तालिम दिनु आदि। अहिले विभिन्न अल्पसंख्यक जातीय क्षेत्रमा राष्ट्रिय अर्थतन्त्र, जनताको जीवन तथा जातीय विशेषताको आवश्यकतासित सम्बन्धित वैज्ञानिक अनुसन्धान संस्थाहरु क्रमशः स्थापित भएका छन्। यसले गर्दा तुलनात्मक रुपमा पूर्ण तथा सेटदार वैज्ञानिक तथा प्राविधिक अनुसन्धान प्रणाली र प्राविधिक पंक्ति बनिसकेको छ।

         तथ्यांक अनुसार, हालसम्म चीनमा जातीय स्वायत्त प्रदेशका वैज्ञानिक तथा इन्जिनियरहरुको संख्या लगभग एक लाख पुगिसकेको छ भने अल्पसंख्यक जातीय क्षेत्रका अल्पसंख्यक जातीका वैज्ञानिक तथा प्राविधिक कार्यकर्ताहरु मुलुकको विज्ञान प्रविधिको सम्बर्द्धनका लागि एक महत्वपूर्ण शक्ति बन्दैआएका छन्। उनीहरुमा विज्ञान एकेडेमीका सदस्य, इन्जिनियरिङ एकेडेमीका सदस्य, कुनै वैज्ञानिक क्षेत्रका अग्रगामी व्यक्ति तथा व्यवहारोपयोगी प्रविधिका लागि उल्लेखनीय योगदान गरेका वरिष्ट व्यक्तिहरु समावेश छन्। उदाहरण होः चीन विज्ञान एकेडेमीका सदस्य व्है जातिका वांग श वन्ले लामो समयसम्म बृद्धहरुमा मुटु रोग तथा बृद्ध रोग सम्बन्धी आकस्मिक सेवा तथा वैज्ञानिक अनुसन्धान र अध्यापनमा कार्यरत रही चीनको प्रौढ सम्बन्धी औषधी शास्त्रको विकास गर्नका लागि उल्लेख्य योगदान गर्नुभएको छ। चीनको इन्जिनियरिंग एकेडेमिका सदस्य ज्वांग जातीका वै युले जर्मनीको यासेन औद्योगिक विश्वविद्यालयबाट उद्योग शास्त्र विषयमा विद्यावारिधिको उपाधि हासिल गरेर विश्वमा इलेक्ट्रिक जीव-शास्त्र तथा जीव गणितको नयाँ क्षेत्रका अग्रगामीहरु मध्ये एक बन्नुभएको छ। कोरियाली जातिका चंग व्है युले कृषि विज्ञान अनुसन्धानकर्ता बनेर लामो समयसम्म मास, बीउ-विजन तथा जात सम्बन्धी श्रोतको अनुसन्धान कार्यमा संलग्न हुनुभै “ चि लिन् नम्बर बीस “ नामक सानो दाना भएको उत्तम जातका मास हुर्काउनुभएको छ।