चीनको जातीय शिक्षा

CRI


       शिक्षा विज्ञान र प्रविधिको विकासको आधार हो। चीन सरकारले जातीय शिक्षाको विकासका लागि अनेकन विशेष नीती र कदम चालेको छ। त्यस्ता कदमहरुमध्ये अल्पसंख्यक जातिका लागि विशेष शिक्षा कार्यक्रमलाई महत्व दिनु र त्यसका लागि सहायता दिनु, विशेषत: प्रजातान्त्रिक शिक्षा सम्बन्धी व्यवस्थापन संस्थाको स्थापना गर्नु, अल्पसंख्यक जाति र जातीय स्वायत्त प्रदेशको आत्मनिर्भर स्वतन्त्र जातीय शिक्षाको अधिकारको सम्मान गर्नु, अल्पसंख्यक जातिका शिक्षक-शिक्षिकाहरुलाई उपयुक्त तालिम दिनु, लगानीमार्फत अल्पसंख्यक जातीय क्षे‌त्रलाई विशेष हेर-विचार गर्नु, यी क्षेत्रमा योग्य व्यक्तिहरु हुर्काउनु, यी क्षेत्रमा चिनियाँ भाषा र जातीय भाषा दुबै सिक्ने दिशामा महत्व दिनु आदि समावेश छन्।

      चीन सरकारले यी क्षेत्रमा शिक्षाको विकासका लागि अनेकन सशक्त कदम चाल्नुका साथै सबै अवस्थाको सदुपयोग गरी थरी थरीका प्राथमिक विद्यालय, माध्यमिक विद्यालय तथा विश्वविद्यालयको स्थापना गरेको छ। यसले गर्दा चीनका विभिन्न तहका विद्यालयमा अल्पसं‍ख्यक जातीय विद्यार्थीहरुक संख्या पनि बढ्दैआएको देखिन्छ। हाल उत्तर-पश्चिमी, उत्तर-पूर्वी र दक्षिण-पश्चिमी चीनका अल्पसंख्यक जातिका मानिसहरुको बसोबास रहेका ठाउँमा जातीय उच्च कलेज स्थापित भए‌काले झन-झन बढी संख्यामा जातीय विशेषहरु हुर्किइरहेका छन।

      प्राप्त त्थ्यांक अनुसार, हाल चीनका 55 वटा अल्पसंख्यक जातिमध्ये सबै जातिका आफ्ना विश्वविद्यालयबाट स्नातक भएका विशेषज्ञहरु तयार भैरहेका छन भने केहीले अझ उच्च स्तर अर्थात डाक्टरको पदवी पनि हासिल गरिसकेका छन।
 

(चित्र: चीनको केन्द्रीय जातिय विश्वविद्यालय)