चीनको जातीय सँस्कृति

CRI


    
        अल्पसंख्यक जातीय सँस्कृतिको बिंडो थाम्न र त्यसको विकास गर्नका लागि चीनका विभिन्न जातीय स्वायत्त प्रदेश र स्वायत्त प्रिफेक्चरहरुले आ-आफ्नो स्थानको विशेषतानुसार क्रमशः स्थानीय लेखक संघ, नाटक संघ, सँगीत संघ, नृत्य संघ, चलचित्र संघ र फोटोग्राफ परिषद्‍ जस्ता संगठनको स्थापना गरेका छन्। केही अल्पसंख्यक जातीय स्वशासित क्षेत्रहरुमा रहेका उच्च-विद्यालय तथा जातीय क्याम्पसहरुले क्रमशः अल्पसंख्यक जातीय साहित्य शिर्षकमा विशेष पाठ्यक्रम तयार पारी तीनको पठनपाठन शुरु गरेकाछन्। केही ठाउँमा सं‍गीत क्याम्पस, अपेरा क्याम्पस र चलचित्र क्याम्पस जस्ता कला क्याम्पसहरुको पनि स्थापना गरिएको छ। यसले गर्दा साहित्यिक र कलात्मक क्षेत्रमा अल्पसंख्यक जातिका एक ठूलो जमातका कर्मठ र दक्ष जनशक्ति हुर्किएको छ। जातीय चिकित्साको उदाहरण दिने हो भने हालसम्म तिब्बत, भित्री मंगोलिया र सिँग च्याँगमा क्रमश: तिब्बती चिकित्सा, मंगोलियाली चिकित्सा, युगूर जातीय अस्पताल र मेडिकल कलेज तथा केही माध्यमिक जातीय चिकित्सा विद्यालयको स्थापना गरिएका छ।

        हाल चीनमा अल्पसंख्यक जातीय लेखक र कलाकारहरुको एक पंक्ति देखापरिसकेको छ। जस्तै भनौँ, मान जातिका लेखक लाउ श, ताई जातिका कवि खाँग लाङ्ग यिँग, ह च जातिका लेखक उ पाई सिँग आदि। यसका अतिरिक्त, अल्पसंख्यक जातीका एक ढेर इलमी र अव्यवसायी कला मण्डलीहरु खडा भएका छन्। तिनले अल्पसंख्यक जातीय गाउँ-घर, गौचर, भेग र शहर-बस्तीहरुमा स्थानीय बासिन्दाहरुलाई आकर्षक साँस्कृतिक कार्यक्रम देखाउने गरेका छन्।

        अल्पसंख्यक जातीय लोक साहित्य र कला सम्बन्धी ठूलो जमातका सामग्रीहरुलाई प्रकाशनमा ल्याइएको छ। जस्तो कि बीस वर्षभन्दा अघि सम्बन्धित विभागबाट प्रस्तावित <चीनको लोक गीत संग्रह>、<चीनको अपेरा सम्बन्धी संगीत संग्रह>、<चीनको जातीय लोक बाजा संग्रह>、<चीनको लोक कला: गुणगान गायन, कथा वाचन, रिसक वार्ता, क्ल्यापर वार्ता, क्रस वार्ता आदि सम्बन्धी संगीत संग्रह>、<चीनको जातीय लोक नृत्य संग्रह>、<चीनको अपेरा बारे >、<चीनको लोक कथा संग्रह >、<चीनको गुणगान गाएन वा वालगीत संग्रह> <चीनको उखान टुक्का संग्रह >、र <<चीनको लोक कला: गुणगान गायन, कथा वाचन, रिसक वार्ता, क्ल्यापर वार्ता, क्रस वार्ता आदि सम्बन्धी संगीत संग्रह लगायत दश जातका साहित्य र कला संग्रहहरुमा थुप्रै अल्पसंख्यक जातीय साहित्यिक र कलात्मक सामग्रीहरु समाबेश गरिएका छन्।

        यसका साथै अल्पसंख्यक जातीय साहित्य र कला सम्बन्धी पत्रिकाको पनि अरु बढी विकास भएको छ। हाल चीनका विभिन्न अल्पसंख्यक जातीय साहित्य र कला सम्बन्धी पत्रिकाहरुका एक सयभन्दा बढी प्रकार छन्। कुनै कुनै ठाउँहरुले कविता, सं‍गीत, चित्रकला, चलचित्र र अपेरा सम्बन्धी आफ्नै स्थानीय पत्रिकाहरु पनि प्रकाशित गरेका छन्। तीमध्ये बीसभन्दा बढी थरिका पत्रिकाहरु अल्पसंख्यक जातीय लिपीमा प्रकाशित गरिएका छन्। चीनको जातीय स्वायत्त क्षेत्रले प्रकाशित गरेका पुस्तक, समाचारपत्र र पत्रिकाहरुको संख्या र जात दुवैतर्फ निकै बृद्धि भएको छ। यसमा अल्पसंख्यक जातीय लिपीमा प्रकाशित भएका पुस्तकहरु मात्र 3 हजार 400 किसिमभन्दा बढीका छन्।