चीनको वर्तमान धार्मिक अवस्था बारे

CRI

 

    चीन विश्वमा अनेकौं धर्मावलम्वीहरुको बसोबास रहेको मुलुक हो। चीनमा खास गरी बौद्ध धर्म,ताउ धर्म,इस्लामी धर्म,क्याथलिक धर्म र क्रिस्चियन धर्म मानिन्छ।

    अपूर्ण तथ्यांक अनुसार, हालै चीनमा विभिन्न किसिमका धर्म मान्नेहरुको संख्या दश करोड भन्दा बढी छ। तीनका धार्मिक कार्यक्रम सञचालन गर्ने स्थानहरुको संख्या पचासी हजार पुगेको छ। धार्मिक क्षेत्रमा कार्यरत कार्यकर्ताको संख्या लगभग तीन लाख पुगेको छ। धार्मिक एकाइको संख्या तीन हजारभन्दा बढी छ। धार्मिक विद्यालय र इन्स्टिट्यूटको संख्या चवहत्तर छ।

    चीनमा राष्ट्रिय स्तरका धार्मिक एकाइमा चीन बौद्ध धर्म संघ,चीन ताउ धर्म संघ,चीन इस्लामी धर्म संघ,चीन क्याथलिक धर्मका धर्माधिपति मण्डल,चीन क्रिष्टी धर्म देशभक्त आन्दोलन समिति र चीन क्यातलिक संघ जस्ता संगठन रहेका छन्। विभिन्न धार्मिक संघले आफ्नो संघको नियम अनुसार आफ्नो नेता र नेतृत्वदायी अंगको निर्वाचन गर्दछन्। यी धार्मिक संघहरुले स्वतन्त्रतापूर्वक धार्मिक मामिलाको सञ्चालन गर्छन् र आफ्नो आवश्यकता वमोजिम धार्मिक विद्यालय र इन्स्टिट्यूट खोल्नसक्छन्,धार्मिक ग्रन्थ र धार्मिक समाचारपत्र वा पत्रिका छाप्न र प्रकाश गर्न पाउँछन्। साथै यिनीहरुले समाजको सार्वजनिक हितयुक्त सेवामा सहभागी हुन पनि पाउँछन्।