बाह्य जगतसँग धार्मिक आवत-जावत

CRI

        चीनको बौद्ध धर्म, इस्लाम धर्म, क्रिष्चियन धर्म, क्याथलिक धर्म आदि सबै धर्म विदेशबाट चीनमा प्रवेश भएका हुन। ती सबै नै विश्वव्यापी धर्म हुन् र विश्वमा तिनको महत्वपूर्ण स्थान रहेको छ। धेरै मुलुक र क्षेत्रमा तीनका धेरै अनुयायीहरु छन् । तीमध्ये केही धर्मलाई केही मुलुकमा राष्ट्रिय धर्मका रुपमा अवलम्बन गर्नेगरिएको छ।

        नयाँ चीनको स्थापना पछि धार्मिक क्षेत्र र वाह्य विश्वसितको आवत-जावतको निरन्तरता बढ्दैआएको छ। चीनका विभिन्न धर्म र विदेशका त्यस्ता सम्बन्धित धर्मका बीच व्यापक रुपमा आवत-जावत हुदैआएको छ। उहाहरण होः चीनको बौद्ध धर्म क्षेत्रले वरिपरिका देश— थाइल्याण्ड, गण्तन्त्र कोरिया, जापान, म्यामार, श्रील‍का, भियतनाम आदि मुलुकहरुसित विभिन्न तरिकाद्बारा लोक तहको धार्मिक कार्यक्रहरु निरन्तर रुपमा गर्ने गरेको छ। केही वर्ष यतादेखि चीनमा भएको बुद्धको दन्त-हस्ति थाइल्याण्ड, म्यामार, श्रीलंका आदि मुलुक वा केही क्षेत्रमा विराजमान गरी पूजा-आजा गर्ने गरिएको छ। थाइल्याण्डको बौद्ध धर्म क्षेत्र र चीनको तिब्बतको बौद्ध धर्म क्षेत्रका बीच नियमित रुपमा बौद्ध-प्रज्ञाको आदान-प्रदान गर्ने व्यवस्था स्थापित भएको छ।

       यसका अतिरिक्त, पश्चिमी यूरोप र उत्तर अमेरिकाका केही मुलुकको निम्तो पाएर चीनका विभिन्न धार्मिक समूहले पटक-पटक ती मुलुकहरुको भ्रमण गरी ती क्षेत्रमा मान्ने गरिएका धर्मबारे जानकारी लिनुका साथै ती मुलुकका जनतालाई चीनको धर्म बारे जानकारी दिइरेका छन्।
 

(चित्रमा बुद्धमा औंलाको भस्मधातु हांगकाँगमा प्रदर्शन)