CRI
आफ्नै
विशेषतायुक्त चीनको वास्तु-कला
शानदार चिनियाँ सभ्यताको
महत्वपूर्ण संगठनात्मक अंग हो।
चिनियाँ वास्तु कला、पश्चिमी वास्तु
कला र इस्लामिक वास्तु कलाबाट
विश्वका तीनवटा ठूला वास्तु-कला
प्रणाली स्थापित भएको छ।
चिनियाँ वास्तु-कला विश्वमा काष्ठ-बनौट प्रधान रहेको
एकमात्र वास्तु-कला प्रणाली हो।
जुन चिनियाँहरुको नैतिक
दृष्टकोण、सुन्दरताको रसास्वादन
सम्बन्धी स्तर、मूल्य सम्बन्धी
दृष्टिकोण र प्रकृति सम्बन्धी
दृष्टिकोणको गहन अभिव्यक्ति हो।
गहन र दीर्घकालीन सांस्कृतिक
परम्परामा आधारित चिनियाँ
वास्तु-कलाका मुख्य विशेषताहरुमा
निम्न कुराहरु समावेश छन: शाही
अधिकार प्रमुख भएको विचारधारा र
कडा सामाजिक श्रेणी सम्बन्धी
दृष्टिकोणमा बढी जोड दिइएको हुँदा
दरबार र राजधानीका घर-भवनहरुको
निर्माणतर्फ प्राप्त उपलव्धि
सबैभन्दा उल्लेखनीय छ;एकै ठाउँमा
बनाइएका घरहरुको सिंगो सुन्दरतामा
विशेष जोड दिइएको छ । साथै ती
घरहरुको समूह मुख्यतः आँगनसहित
सममिताकार जस्ता बनौटमा रहेका
छन्;प्रकृतिको कदर गर्दै
प्रकृतिसँग घनिष्ठताका साथ मेल
खाने कुरामा बढी दृष्टि पुर्याइएको
छ;तटस्थ、मिलनसारी、अव्यक्त र गहन
आन्तरिक सुन्दरतालाई भेट्टाउनमा
विशेष ध्यान पुर्याइएको छ।
चिनियाँ वास्तु-कलाले इतिहासमा विदेशसँग कलात्मक
विशेषता र शीप-कौशलको आदान-प्रदान
गर्ने कुरामा निकै महत्वपूर्ण
दृष्टि पुर्याइरहेको थियो। यसबाट
जापान, कोरिया, भियतनाम र मंगोलिया
आदि मुलुकहरुको वास्तु-कलामा
ठूल्ठूला प्रभाव परेको थियो। आज
आएर आधुनिक चिनियाँ वास्तु-कलाले
परम्परागत शैलीलाई सुरक्षित
राख्नुका साथसाथै पश्चिमी कलाको
विशेषताबाट पनि आफूलाई सुहाउने
विषय-वस्तुहरुलाई अंगीकार गरी
एकनाससित विकसित हुंदैआएको छ।
|