CRI
दरबारी महलको वास्तु-कलालाई
दरबारी वास्तु-कला पनि भनिन्छ।
जुन बादशाहले आफ्नो रजाईंलाई
सुदृढ पार्न, शाही अधिकारको
प्रतिष्ठालाई टड्कारो देखाउन अनि
आफ्नो आत्मिक जीवन र भौतिक जीवनमा
मन-मोज सुख आनन्द होस् भन्ने
कामुक र आत्मतोषी चाहनालाई पूरा
गर्नका लागि नै बनाइएका ठूलो
परिमाणमा रहेको शानदार र विशाल
भवनहरु हुन्। ती भवनहरु प्रायजसो
ठिंग उभिएको सुनौलो, शोभमान र
तेजस्वी देखिन्छन्।
छिंग वंशकाल (ख्रष्टाव्दी पूर्व 221-206 ) देखि महल
भनेको बादशाह र शाही परिवारले
बसोबास गर्ने ठाउँ थियो। दरबार त
बादशाहले राजकाज चलाउने ठाउँ नै
थियो। चीनका दरबारी महलको विशेषता
त्यसका तौ कोंग भन्ने ठूलो
सिलींग, सुनौलो र रंगीन टलक भएका
झिंगटी, मनमोहक रंगीचंगी
चित्रहरुले भरिपूर्ण हुनुका साथै
ज्यादै सूक्ष्म रुपले बुट्टा भरेर
कुंदिएको सिलींग, सेतो संगमरमरले
बनाइएको जग, बार र खम्बाहरु तथा
वरिपरिका सेट मिलाउने खालका
स-साना घरहरु छन्। पैचिँगको कु
कुंग संग्रहालयको थाई ह महल
वास्तविक दरबारी वास्तु-कला
मानिएको छ।
परम शाही अधिकारको अभिव्यक्ति
गर्न र शाही अधिकार केन्द्र रहेको
सामाजिक श्रेणीको धारणालाई
प्रष्ट्याउनका लागि चीनका प्राचीन
दरबारी घर-भवनहरुको निर्माण गर्दा
मध्य रेखालाई केन्द्र बनाई
दुबैतिर सममिताकार जस्तो बनौटको
तरिका अपनाइने चलन थियोः बीचको
मध्य रेखामा बनाइएका भवनहरु
अग्ला, ठूला र शानदार देखिन्छन्
भने दुबैपट्टिका हलहरु ती
भवनहरुको दांजोमा अलि साना, होचा
र सरल छन्। प्राचीन दरबारका
महलहरुलाई प्रायजसो दुई भागमा
विभाजित गरिएको हुन्छ, अर्थात्
"अगाडि राज शासन, पछाडि उठबस"।
त्यसको अर्थ के हो भने "अगाडि राज
शासन" भनेको बादशाहले राज्यको
कामकाज चलाउने र राज्यारोहण जस्ता
महोत्सव गर्ने ठाउँ थियो। र
"पछाडि उठबस" भनेको बादशाह र
महिषी तथा सौतीनी रानीहरु बस्ने
बास थियो।
पैचिँग कु
कुंग संग्रहालयले चीनको दरबारी
वास्तु-कलाको प्रतिनिधित्व गर्दछ।
कु कुंग संग्रहालयलाई फोर्बिडन
सिटी पनि भनिन्छ। यो चीनका मिंग
वंश( 1368-1644) र छिंग वंश(
1616-1911) का बादशाहहरुको दरबार
थियो। र त्यसमा अघि पछि गरी 24
जना बादशाहहरुले बसोबास गर्नुभएको
थियो। कु कुंग संग्रहालयले 7 लाख
20 हजार वर्गमीटर क्षेत्रफल
ओगटेको छ। त्यसका 9 हजारभन्दा बढी
कोठाहरु छन्। त्यसलाई कैयन् मीटर
अग्लो र 3400 मीटरभन्दा लामो रातो
पर्खालले घेरिदिएको छ।
कु कुंग संग्रहालयलाई अगाडि र पछाडि गरी दुई
भागमा बांडिएको छ। अगाडिको भाग
चाहिं बादशाहले ठूल्ठूला र
महत्वपूर्णा महोत्सवको आयोजना
गर्ने र आदेश जारी गर्ने ठाउँ
थियो। त्यहाँका मुख्य
वास्तुहरुमध्ये थाई ह हल、चोंग ह
हल र पाउ ह हल समावेश छन्। ती
हलहरु सेतो संगमरमरबाट जोडेर
बनाइएको आठ मीटर अग्लो चौतारोरुपी
जगमा निर्माण गरिएका छन्। टाढाबाट
यसो हेर्दा साँच्चै नै
दन्त्यकथामा उल्लिखित
देव-देवीहरुको चमत्कार र रहस्यमय
बासस्थान जस्तो देखिन्छ त्यो । कु
कुंग संग्रहालयको पछाडिको भाग
चाहिं बादशाहले राजकाज चलाउने र
महिषी तथा सौतीनी रानीहरु बस्ने
ठाउँ थियो। त्यहाँका मुख्य
वास्तुहरुमध्ये छेन छिंग गृह、खुन
लिंग गृह र शाही उद्यान कुञ्ज
समावेश छन्। जहाँ बाक्लो
पारिवारिक जीवनको सुगन्ध-बास्नाले
पर्याप्त थियो। त्यहाँ फरक-फरक
आँगन छुट्टयाइएका छन्। फेरि एकेक
आँगनमा उद्यान कुंज、
पुस्तकालय、मण्डप、 कृत्रिम थुम्को
र विभिन्न आकारका ढुंगाहरुले
सजाइएका पनि छन्। फोटोः कु कुंग
संग्रहालय
विभिन्न वंशको परिवर्तन र युद्धको कारणले
चीनको प्राचीन दरबारी वास्तु
निर्माणहरुमध्ये सुरक्षित रुपमा
आजसम्म पनि कायम रहिरहेको बाँकी
भवनहरुको संख्या कमै छ। हालसम्म
मौजुद रहेको पैचिंगको कु कुंग
संग्रहालय बाहेक उत्तर-पूर्वी
चीनको शन् यांग शहरमा रहेको अर्को
कु कुंग संग्रहालय पनि छ। यसका
अतिरिक्त, चीनको हान वंश
(ख्रष्टाव्दी पूर्व 206-सन्220) र
थांग वंश( 618-907)बाट छोडिएका
केही दरबारी भग्नाबशेषहरु पनि
छन्।
|