CRI
गुम्बा चीनको वौद्ब धर्मका
वास्तुहरुमध्येको एक हो। त्यसको
श्रोत भारतको गुम्बा वास्तु हो र
त्यो उत्तरी वै वंशदेखि चीनमा
प्रचलित भएको थियो। यी वास्तुमा
चीनको सामन्दवादी समाजको
साँस्कृतिक र धार्मिक विकास बारे
उल्लेख गरिएकाले यीनको ऐतिहासिक
तथा कलाको ठूलो महत्व रहेको छ।
प्राचीनकालका वास्तुको निर्माणका सम्बन्धमा
मानिसहरुको विचार एउटैखालको थियो।
कुनै पनि वास्तुको बायाँ र दायाँ
बराबर पारिने अथवा भनौं बीचमा ढोका
भएपछि दायाँ र बायाँ बराबरी ठाउँ
छोडिने चलन थियो। यसैले चीनका
गुम्बाहरु चार कुने आकार छन। यी
गुम्बाहरु देख्दा निकै गम्भीर र
शान्दार देखिन्छन। यस बाहेक, चीनमा
बगैंचा ढाँचाका गुम्बाहरुको संख्या
पनि थुप्रै छ। यी दुइ किसिमका
गुम्बा शैली रहेकाले चीनका गुम्बा
गम्भीर र शान्दार देखिन्छन।
प्राचीन कालका चिनियाँ गुम्बाहरुलाई हेर्दा तपाईं
प्रायजसो बीचमा द्बार भएको पाउनु
हुन्छ। प्रायजसो पहाडी क्षेत्रमा
रहेका गुम्बाका मूल द्बारभित्र
बायाँ र दायाँ घण्टा भवन र डमरु
भवन बनाइएका हुन्छन्। बीचमा थेन
वांग तेन दरबार पर्दछ। सो दरबारमा
चारवटा मूर्ती हुन्छन्। सो दरबार
पछाडि “ता स्योंग” दरबार र “छांग
चिंग” भवन पर्दछन्। “ता
स्योंग”दरबार गुम्बामा सबैभन्दा
महत्वपूर्ण र ठूलो वास्तु हो। “ता
स्योंग”को अर्थ गौतम वुद्ध हो।
लो यांगको पाइ मा गुम्बा
हान वंशकालमा ह नानमा स्थापित
लो यांगको पाइ मा गुम्बा चीन
सरकारले सबैभन्दा पहिले निर्माण
गरेको गुम्बा थियो। सो गुम्बा
लामो आकारको छ र त्यसको
क्षेत्रफल चालीस हजार वर्गमिटर
जति छ। पाइ मा गुम्बाको
निर्माणबाट चीन, पूर्वी एशिया र
दक्षिण-पूर्वी एशियामा वौद्ध
धर्मको विकासलाई सशक्त रुपमा अघि
बढाइएको थियो। यसै कारण पाइ मा
गुम्बा हालसम्म धेरै मुलुकका
धर्मावलम्बीहरुले पूजा-आजा गर्ने
पवित्र स्थल बनेको छ।
ऊ थाइ शान पहाडका वौद्ध
धर्मका वास्तुहरु
वल्लो शान सी प्रान्तको ऊ थाइ
शान पहाड चीनमा वौद्ध धर्मका
लागि प्रशिद्ध तिर्थस्थल हो। सो
पहाडमा रहेका प्राचीन कालका
वौद्ध धर्मका वास्तुहरुको संख्या
58 छ। यी गुम्बा-वास्तुहरुमा
थांग बंशमा निर्मित नान छान
गुम्बा र फो क्वांग गुम्बा पनि
समावेश छन्। नान छान गुम्बा हाल
चीनमा संरक्षित अवस्थामा रहेको
काठबाट बनाइएको चीनको सबैभन्दा
पूरानो गुम्बा-वास्तु हो। फो
क्वांग गुम्बाको आफ्नै
वास्तु-शैली छ जसमा चीनका
विभिन्न युगका वास्तुका
उत्कृष्ट गुणहरुलाई समेटिएको छ।
त्यसमा रहेका सबै वास्तुहरु,
मूर्तिहरु, भित्तामा लेखिएका
चित्रहरु र लीपीलाई "चीनका
चारवटा अनौठा वस्तु" मानिएको छ।
हंग शान पहाडको स्युएन खुंग
गुम्बा
वल्लो शान सि प्रान्तमा रहेको
हंग शान पहाडको स्युएन खुंग
गुम्बा आकाशमा उभिएको जस्तो एउटा
गुम्बा हो। सो गुम्बामाथितिर
अग्ला-अग्ला पहाड छन भने तलतिर
गहिरो उपत्यका छ। सो गुम्बा
विरलै देखिने गुम्बा हो। सो
गुम्बा हाल चीनमा बाँकी रहेको
एक मात्र पहाडमा निर्माण गरिएको
काष्ठ-वास्तु हो। स्युएन खुंग
गुम्बा हंग शान पहाडको पहिलो
दृष्य र उत्तरी वै वंशमा
निर्माण गरिएको थियो। थांग, चिन,
मिंग र छिंग यी चारवटा वंशमा
त्यस गुम्बाको मर्मत गरिएको थियो।
पोताला दरबार
लामा धर्म चीनको बौद्ध धर्मको
एक ठूलो समूह हो। लामा धर्मका
गुम्बाको वास्तुको विशेषता
दरबार ठूलो र अग्लो हुनु र
प्रायजसो पहाडको भौगोलिक
अवस्थिति बमोजिम निर्माण गरिनु
हो। तिब्बत स्वायत्त प्रदेशको
सदरमुकाम ल्हासाअवस्थित पोताला
दरबार विशेषतायुक्त लामा धर्मको
गुम्बा-वास्तु नै हो। थांग वंशमा
निर्माण गरिएको पोताला दरबार
धेरै वर्षसम्मको मर्मतपछि ज्यादै
ठूला वास्तुको नमूना बनिसकेको
छ। त्यो सम्पूर्ण दरबार हेर्दा
अत्यन्तै शान्दार र भव्य
देखिन्छ। त्यसको क्षेत्रफल बीस
हजार वर्गमिटरभन्दा बढी छ। त्यस
दरबारमा बीसवटाभन्दा बढी साना
दरबारहरु छन। सबैभन्दा बीचमा
रहेको दरबारमा गौतम वुद्धको
बाह्र वर्षको उमेरको सुनौलो
मूर्ती पनि राखिएको छ। पोताला
दरबारको वास्तु-शैली थांग वंशको
विशेषतायुक्त रहेको छ, साथै सो
दरबारमा नेपाल र भारतका
वास्तु-शैलीको विशेषता पनि
समाविष्ट छ।
यसका अतिरिक्त, छंग दको “वाइ बा
मन्दिर” र पैचिंगको योंग ह कोंग
दरबार लामा धर्मका प्रसिद्ध
वास्तुहरु हुन।
|