CRI
इस्बी सम्बत 1206देखि 1368सम्म
चीनमा युआन वंशको शासन थियो।
मंगोलियाइ शासकले स्थापना गरेको
चीन एउटा विशाल सैनिक साम्राज्य
नै थियो। तर त्यसबेला चीनको
अर्थतन्त्र र सँस्कृतिको विकासको
क्रम निकै शिथिल भएका कारण
निर्माण बस्तुमा पनि धेरै विकास
भएको थिएन। त्यस बेलाका अधिकृत
निर्माण बस्तु सरल र सामान्य थिए।
युआन वंशको राजधानी अर्थात् अहिलेको पैचिङ्गको
निर्माण वस्तुको परिमाण व्यापक छ
र युआन वंशको शैली पछिसम्म पनि
चलिरहेको देखियो। मिङ्ग र छिङ्ग
वंशका राजदरवारको रुपमा रहेको
पैचिङ्ग राजदरवार यसै कालमा
निर्माण गरिएको हो। जस्तो हालसम्म
पनि देख्नपाइएको र युआन वंशमा
निर्माण गरिएको थाइ ये पोखरीको
वान शौ शान पहाड, अर्थात् अहिलेको
पैचिङ्गस्थित पै हाइ पार्कमा पर्ने
छिऔं टापू पनि युआन वंशको रमणिय
दृश्यहरुमध्येको एक हो।
युआन वंशका शासकले धर्म मान्नेगरेका, खास गरी
तिब्बती धर्म मान्नेगरेकाले त्यस
बेला धर्म सम्बन्धी निर्माण वस्तु
निकै विकसित भएको देखियो। पैचिङ्गस्थित
श्वेत चैत्य चाहिं नेपाली कालीगढ
अरनिकोले पैचिङ्गमा डिजाइन र
निर्माण गर्नुभएको चीनमा रहेको
हालसम्मको सबैभन्दा पूरानो र ठूलो
तिब्बती शैलीको वौद्ध गुम्बा पनि
हो।
(श्वेत चैत्य
मन्दिर)
|