चीनको आधुनिक वास्तु भनेको 19 औं
शताव्दीको मध्यकालदेखि यताको
चिनियाँ वास्तु हो।
सन् 1840 मा भएको अफिम युद्धदेखि सन् 1949 मा
नयाँ चीनको स्थापनासम्म चीनको
वास्तुमा चिनियाँ र बेलायती विविध
शैली मिश्रित भवनहरु देखापरेका छन।
त्यस अवधिमा चिनियाँ वास्तुमा
परम्परागत चिनियाँ पूरानो वास्तु
प्रणालीले श्रेष्ठता छ तर
नाट्यशाला, रेष्टुराँ, लजिंग हाउस
र डिपार्टमेन्टल स्टोर जस्ता
वाणिज्य भवनले भने व्यापक रुपमा
परम्परागत वास्तुको परिपाटीलाई
त्यागिदिएका छन। शांग हाइ र थिआन
चिन् आदि शहरमा विदेशी महावाणिज्य
दूतावास, बैंक, होटेल र क्लब जस्ता
विदेशी ठूला भवनहरु देखापरेका छन्।
सन् 1949 मा जन-गणतन्त्र चीनको स्थापना भएपछि
चिनियाँ वास्तु नयाँ ऐतिहासिक
अवधिमा प्रवेश भएको छ। यस अवधिमा
चिनियाँ आधुनिक वास्तुले संख्या,
मात्रा, ढांचा र क्षेत्रीय विभाजन
तथा आधुनिक स्तरको दृष्टिकोणबाट
हेर्दा हालसालैको मर्यादालाई
तोडेर नयाँ शैली देखाएको छ। गत
शताव्दीको असीको दशकदेखि यता
चिनियाँ वास्तु क्रमशः खुला
हुदैआएको छ र चिनियाँ आधुनिक
वास्तु बहुरुपीकरणतर्फ विकसित
हुनथालेको छ।
|