cri
शांग हाइको शान्ति होटेल
शांग हाइको शान्ति होटेल सन् 1929
मा निर्मित भएको थियो। त्यसको
पूरानो नाउँ व्हा माओ होटेल हो।
त्यो शिकागो सम्प्रदायको क थ ढांचे
वास्तु हो । त्यसमा जम्मा बाह्र
तला छन् र त्यसको उचाइ सतहत्तर
मिटर छ। त्यस होटलको बाहिरी भित्ता
मार्बलबाट बनेको छ र त्यसको
पिरामिड ढाँचाको हरियो तामाको
झिंगटी जस्तो चुच्चो टुप्पो छ र
त्यसको घुम्ने ढोका, फराकिलो
बरण्डा र प्रवेश कक्ष छन। त्यसले
सुदूर-पूर्वी क्षेत्रको पहिलो ठूलो
भवनको नाउँ पाएको छ।
नान् चिनको चोंग शान्
समाधिस्थल
नान् चिनको चोंग शान् समाधिस्थल चीनका महान्
प्रजातान्त्रिक क्रान्तिका अगुवा
सुन् यात् सेनको चिहान हो। त्यो
नान् चिन् शहरको पूर्वी कछाड
क्षेत्रको चोंग शान पहाडमा
अवस्थित छ। सिंगै समाधिस्थल पहाडको
भिरालोमा तह तह भएर माथि उठेको छ
त्यो शानदार देखिन्छ। सिंगै
समाधिस्थल यौटा घडी जस्तो देखिन्छ।
सो घडीको माथिल्लो भाग पहाडको
फेदीको अर्घचन्द्राकार चोक हो।
चोंग शान् समाधिस्थल दक्षिणदेखि
उत्तरसम्म क्रमशः अग्लो हुदैगएको
छ र त्यसपछि चोक, ढुंगाको हल,
चिहान बाटो, समाधिस्थलको ढोका र
स्तम्भ, पूजा हल र कफिन हल छन।
चोंग शान् समाधिस्थलको वास्तु शैली
चिनियाँ र बेलायती शैलीको मिश्रण
हो। चोंग शान् पहाडको शानदार
वातावरण र सो समाधिस्थलभित्रका
विभिन्न हलहरुसँगै जोडिएको ठूलो
हरियो घाँसको चउर र फराकीलो भर्यांग
निकै शान्दार र भव्य देखिन्छ। त्यो
चिनियाँ आधुनिक वास्तुको इतिहासमा
पहिलो समाधिस्थल भएको मानिन्छ।
(नान् चिनको
चोंग शान् समाधिस्थल)
जन-वृहत् सभा भवन
त्यो पैचिंगको थिआन आन् मन चोकको पश्चिमी
भागमा पर्दछ। त्यो चिनियाँ
नेतागण र सर्वसाधारणद्बारा
राजनैतिक तथा परराष्ट्र गतिविधि
सञ्चालन गर्ने थलो हो। साथै त्यो
चीनका महत्वपूर्ण नमूना
भन्नलायक वास्तुमध्येको एक पनि
हो। जन-वृहत् सभा भवनको निर्माण
सन् 1959 मा गरिएको हो। त्यस
भवनको क्षेत्रफल एक लाख सत्तरी
हजार वर्गमिटर छ। सो भवन भव्य र
शान्दार देखिन्छ। जन-वृहत् सभा
भवनभित्र एक सयवटाभन्दा बढी
सम्मेलन कक्ष र बैठक कक्ष छन्।
तिनीहरुका आ-आफ्नै विशेषता छन।
वास्तुको शैलीको दृष्टिकोणबाट
हेर्दा जन-वृहत् सभा भवनले
चिनियाँ परम्परागत वास्तु
कलालाई सुरक्षित राख्नुका साथै
विदेशी वास्तुकलाको
श्रेष्ठतालाई पनि भित्र्याएको
छ।
पैचिंगको स्यांग शान्
होटल
पैचिंगको पश्चिमी भागमा पर्ने स्यांग शान्
पार्कमा रहेको स्यांग शान् होटल
सन् 1982 मा स्थापित भएको हो ।
त्यसको डिजाइन अमेरिकी प्रख्यात
पै यु मिंग वास्तुकला विशारद
कार्यालयद्बारा गरिएको हो। सो
वास्तुले चिनियाँ बगैंचा
वास्तुको विशेषतालाई अंगिकार
गरेको छ। सो वास्तु ठूलो
पैमानामा सेतो रंगले रंगाएको छ।
सो होटलले सन् 1984 मा अमेरिकी
वास्तु कला संघद्बारा दिइने
पुरस्कार पाएको छ।
छिंग व्हा विश्वविद्यालयको
नयाँ पुस्तकालय
उक्त भवन सन् 1991मा निर्मित भएको हो। यो नयाँ
पुस्तकालय भावन सन् 1919 र सन्
1931 मा निर्मित पूराना
पुस्तकालय भवनसित जोडिएको छ। यी
नयाँ र पूराना पुस्तकालय भवन सो
विश्वविद्यालयको सबैभन्दा ठूलो
वास्तु हो। उक्त वास्तु गत दशकको
नव्बेको दशकका पैचिंगका दशवटा
महा वास्तुको सूचीमा अंकित भएको
छ।
शांग हाइको चिन् माओ ता शा
होटेल
चीनको पहिलो अग्लो भवनको नाउँ भएको शांग हाइ
चिन् माओ ता शाको उचाइ चार सय
बीस मिटर छ। त्यो वास्तुको
मुख्य भवनका 88 तला छन। हालसम्म
त्यो चीनको सबैभन्दा अग्लो भवन
हो र संसारको तेस्रो अग्लो
गगनचुम्बी भवन हो। चिन् माओ ता
शाको कूल क्षेत्रफल 2 लाख 90
हजार वर्गमिटर छ। त्यसको डिजाइन
र निर्माणबाट चिनियाँ वास्तु
शैली र आधुनिक विज्ञान तथा
प्रविधिको सम्मिश्रण
प्रतिबिम्बित भएको छ। त्यो
चिनियाँ वास्तु-कलाको इतिहासमा
दर्जनौं पटक विश्वको सर्वोच्च
वास्तु सावित भैसकेको छ। त्यो
आधुनिक वास्तुकलाको आदर्श नमूना
हो र चिनियाँहरु प्रधान रहेर
ठेक्का लिएको विश्वको पहिलो
स्तरको वास्तु परियोजना हो।
|