विश्वमा सबैभन्दा ठूलो परिमाणको शैक्षिक कार्यक्रम
CRI


      चीन संसारमा सबैभन्दा बढी जनसंख्या भएको एउटा ठूलो देश हो। यहाँ शिक्षा प्राप्त हुनेहरुको संख्या व्यापक छ। चीनले विश्वमा सबैभन्दा ठूलो परिमाणको शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल चीनमा विभिन्न तहका विभिन्न खाले विद्यालयहरुमा अध्ययनरत विद्यार्थीरुको संख्या बीस करोडभन्दा बढी छ।

     चीनको शिक्षालाई शिशु शिक्षा、प्राथमिक शिक्षा、माध्यमिक शिक्षा र विश्वविद्यालय शिक्षा जस्ता चरणमा विभाजित भएको छ। सरकारले प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयको अघिल्ला तीन वर्षसम्म गरी जम्मा नौ वर्षका लागि अनिवार्य शिक्षाको व्यवस्था मिलाएको छ। अनिवार्य शिक्षाको चरणमा पर्ने विद्यार्थीहरुले शिक्षा शुल्क तिर्नुपर्दैन। विद्यार्थीले प्रति वर्ष कैयन् सय चिनियाँ युआन किताबको पैसा र विविध शुल्क मात्र तिर्नुपर्दछ।

     चीन सरकारले अनिवार्य शिक्षालाई अत्यन्तै महत्व दिंदै आएको छ। सरकारको अनवरत प्रयासका कारण चीनको अनिवार्य शिक्षाको फैलावट दर बाह्र-तेह्र वर्षअघिको असी प्रतिशतबाट नब्बे प्रतिशतभन्दा माथि पुगिसकेको छ। अब आउने केही वर्षभित्र चीन सरकारले शिक्षाको मुख्य बिन्दुलाई ग्रामीण अनिवार्य शिक्षा र उच्च शिक्षाको विकातर्फ मोडिदिने भएको छ। सबै केटा-केटीहरु विद्यालयमा भर्ना भएर लेख-पढ गर्न पाऊन् र यथाशक्य चांडै चीनमा एउटा विश्व स्तरीय विश्वविद्यालयको स्थापना गर्न सकियोस् भन्ने आशा चीन सरकारले सँगालेको छ।

     चीनको शिक्षा कार्यक्रम सरकारद्बारा सञ्चालित सार्वजनिक शिक्षाको प्रधानतामा रहेको छ। विगत केही वर्षदेखि यता निजी पूंजीबाट सञ्चालित शिक्षा कार्यक्रम विकसित हुंदैआएको छ। तर समष्टिगत दृष्टिबाट हेर्दा शिक्षाको परिमाण र स्तर दुबैतर्फ तिनले सरकारी विद्यालयसित प्रतिस्पर्धा गर्न सक्दैनन्।