वाल शिक्षा
CRI

 
      चीनमा वाल शिक्षा भन्दा शुन्य वर्षदेखि छ वर्षसम्मका वाल-वालिकाहरुको शिक्षा भन्ने कुरा बुझिन्छ।

      चीनमा वाल शिक्षा भनेको मुख्यतः किन्डरगार्टन वा विद्यालय जानुभन्दा अघिको कक्षा हो। चिनियाँ शिक्षा विभागले विशेष गरी भिन्ना भिन्नै उमेरका वालकहरुको क्षमता र मनोविज्ञान अनुसार वाल शिक्षा कार्यक्रमको तर्जुमा गरेको छ। विभिन्न तहका वाल शिक्षा विभागले शिक्षा कार्यक्रम अनुसार वालकहरुलाई भाषा, अंक, बानी-व्यहोरा आदि क्षेत्रको शिक्षा दिने र हुर्काउने गर्दछन।
चीनमा साधारण किन्डरगार्टनले तीन वर्षदेखि छ वर्षसम्मका वालकहरुलाई मात्र भर्ती गर्दछन। केही किन्डरगार्टनले झन् सानो उमेरका वालकहरुलाई पनि भर्ती गर्न सक्दछन। हाल चीनमा अन्दाजी एक लाख पचास हजारवटा किन्डरगार्टन छन। हाल यी शिक्षण संस्थामा 30 प्रतिशत जति उचित उमेरका वाल-वालिकाहरु अध्ययनरत छन। अन्य वालकहरु उमेर र पैसा आदि कारणले धेरैजसो त अभिभावकको हेरचाहमा परेका छन्।
चीनका किन्डरगार्टन सरकारी र निजी दुइ किसिमका छन। धेरैजसो सरकारी किन्डरगार्टनहरुको इतिहास लामो छ र तिनीहरुसित शैक्षिक अनुभव निकै बढी छ। तिनीहरुको भर्ना शुल्क पनि कम छ। उता निजी किन्डरगार्टनहरुको हरके क्षेत्रको खर्च बढी छ । तिनीहरुका आ-आफ्ना विशेषता छन। निजी किन्डरगार्टनले बजारको आवश्यकता अनुसार विषय र शिक्षण पद्धतिहरु अपनाउन सक्छन। बजारमुखी अर्थतन्त्रको विकासको क्रममा निजी क्षेत्रका किन्डरगार्टनहरुको संख्या क्रमशः बढ्दैगएको छ। हाल तिनीहरुले झण्डै 30 प्रतिशत ठाउँ ओगटेका छन्।