प्राथमिक शिक्षा
CRI


     
       चीनको प्राथमिक शिक्षा छ वर्षदेखि शुरु हुन्छ ।चीनको अनिवार्य शिक्षा नियम बमोजिम सरकारले उचित उमेरका वाल-वालिकहरुलाई नि:शुल्क अनिवार्य शिक्षा दिन्छ तर प्रति वर्ष ती वाल-वालिकाहरुले सयौं चिनियाँ युआन बराबरका पाठ्यपुस्तक किन्नुपर्छ र अन्य चानचुन खर्च पनि व्यहोर्नुपर्दछ।
       चीनको प्राथमिक शिक्षाको अवधि छ वर्षको छ। त्यस अवधिको मुख्य पाठ्यक्रममा भाषा, गणना, विज्ञान, विदेशी भाषा, चरित्र, संगीत र खेलकूद हुन। पछिल्लो तथ्यांक अनुसार हाल चीनमा चार लाखभन्दा बढी प्राथमिक विद्यालयहरु छन। ती विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको संख्या 12 करोड छ। ती विद्यालयहरुमा भर्ना हुने वाल-वालिकाहरुको दर 98 प्रतिशतभन्दा बढी छ।
         अनिवार्य शिक्षाको अवधिमा परेकाले चीनका प्राथमिक विद्यालयहरु धेरैजसो सरकारी मात्रै छन। विद्यार्थीहरु आफ्नो घरको ठेगाना अनुसार नजिकको स्कूलमा पढ्नजान्छन। चिनियाँ शिक्षा विभागले कमजोर विद्यालयहरुको शैक्षिक वातावरणमा राम्रो सुधार ल्याउन प्रयास गर्नुका साथै विद्यार्थीलाई अरु बढी न्यायपूर्ण अनिवार्य शिक्षा दिनेगरेको छ। यसका साथै मानिसहरु छरिएर बसोबास गरिरहेका केही ग्रामीण क्षेत्रमा केन्द्रित शिक्षा नीती लागू गरिएको छ। वाल-वालिकाहरुलाई राम्रो प्रबन्ध रहेका आवासीय विद्यालयहरुमा पढ्न त्यहाँ पुर्‍याइन्छ।