माध्यमिक शिक्षा
CRI


       चीनको माध्यमिक शिक्षा अनिवार्य शिक्षा हो। नि:शुल्क शिक्षा ग्रहण गर्नुबाहेक विद्यार्थीहरुले किताबका लागि थोरै पैसा तिर्नुपर्छ। यसका लागि प्रत्येक विद्यार्थीले हरेक वर्ष झण्डै एक/दुइ सय चिनियाँ युआन तिर्नुपर्छ।

       चीनमा माध्यमिक शिक्षाको अवधि तीन वर्षको छ। त्यस अवधिमा मुख्यतया चिनियाँ भाषा, मेस, अंग्रेजी भाषा, रासायनिक र सूचना विषयमा अध्यापन गरिन्छ। प्राप्त पछिल्लो तथ्यांक अनुसार, हाल चीनमा साट्ठी हजारभन्दा बढी माध्यमिक विद्यालयहरु छन। ती विद्यालयहरुमा अध्ययन गर्नेहरुको संख्या छ करोड छ। माध्यमिक विद्यालयहरुमा भर्नाको दर नब्बे प्रतिशतभन्दा बढी रहेको छ। चीनका धेरैजसो माध्यमिक विद्यालय सरकारद्बारा सञ्चालित छन।

       अनिवार्य शिक्षाको चरणमा रहेका कारण प्राथमिक विद्यालयहरुबाट माध्यमिक विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा दिनु पर्दैन। शिक्षा मन्त्रालयले प्राथमिक विद्यालयहरुको भौगोलिक स्थिति र विद्यार्थीहरुको आफ्नो इच्छा अनुसार माध्यमिक विद्यालयहरुमा उनीहरुको भर्नालाई निश्चित गर्दछ। साथै शिक्षा मन्त्रालयले ग्रामीण क्षेत्रमा केटा-केटीहरुलाई शिक्षा व्यवस्था अति राम्रो भएका केन्द्रीय विद्यालयमा जम्मा पारेर आवासीय शिक्षा दिन्छ। साथै विभिन्न स्थानका शिक्षा सम्बन्धी स्रोत-साधनको साझा उपभोगका लागि चीनले शिक्षा सम्बन्धी सूचनाकरणलाई अघि बढाएर दूर शिक्षाको विकास जोडतोडसँग गरिरहेको छ।