माध्यमिक शिक्षा
CRI


      
       चीनमा माध्यमिक शिक्षा भनेको प्राथमिक विद्यालयपछिको शिक्षा हो। जसमा साधारण माध्यमिक शिक्षा, इलमी माध्यमिक शिक्षा र माध्यमिक व्यावसायिक शिक्षा समावेश छन। चीनको उच्च-माध्यमिक शिक्षा गैर-अनिवार्य शिक्षा हो। उच्च-माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले शिक्षण शुल्क तिर्नुपर्छ। विभिन्न स्थानको आर्थिक अवस्था अनुसार शिक्षण शुल्क फरक-फरक छ। हालसम्म साधारणतया वार्षिक शुल्क कैयन हजार चिनियाँ युआन् पुगेको छ।
       चीनको माध्यमिक शिक्षाको अवधि धेरैजसो तीन वर्षको छ। त्यसको मुख्य पाठ्यक्रममा भाषा, गणित विद्या, विदेशी भाषा, भौतिक विद्या, रासायनिक विद्या, जीव विद्या, सूचना आदि समावेश छन। चीनका माध्यमिक विद्यालयहरु धेरैजसो सरकारी छन। तर उच्च-माध्यमिक विद्यालयहरुको शिक्षा गैर-अनिवार्य भएका कारण पछिल्ला केही वर्षमा केही निजी उच्च-माध्यमिक विद्यालयहरु पनि देखापरेका छन।

       चीनमा माध्यमिक विद्यालयहरुमा प्रवेश हुनका लागि प्रवेश परीक्षा उत्तिर्ण हुनुपर्छ। विद्यालयले विद्यार्थीहरुको आकांक्षा र अंक अनुसार भर्ती गर्छ। प्रवेश परीक्षाका लागि विभिन्न स्थानका शिक्षा विभागले एकीकृत रुपमा प्रश्न-पत्र तयार गर्छन र भर्ना हुनका लागि आवश्यक अंक बारे निर्णय गर्छन। पछिल्लो तथ्यांक अनुसार, हाल चीनमा 30 हजारभन्दा बढी माध्यमिक विद्यालयहरु छन। ती विद्यालयहरुमा तीन करोड विद्यार्थीहरु अध्ययनरत छन। उचित उमेरका विद्यार्थीहरुमध्ये 40 प्रतिशतभन्दा बढीले माध्यमिक विद्यालयहरुमा भर्ना पाएका छन। वितेका दुइ वर्षदेखि यता चिनियाँ शिक्षा विभागले माध्यमिक शिक्षाको विकासलाई प्राथमिकता दिई शिक्षा ग्रहण गर्नचाहने व्यापक विद्यार्थीहरुको आकांक्षालाई पूरा गर्दैआएको छ।