उच्च शिक्षा
CRI


        चीनको उच्च शिक्षामा विश्वविद्यालयको पदवी र डाक्टरको पदवी आदि विभिन्न तह समावेश छन्। विश्वविद्यालयमा पनि सामान्य विश्वविद्यालय, उच्च पेशागत विश्वविद्यालय, रेडियो र टेलिभिजन विश्वविद्यालय र प्रौढ उच्च विश्वविद्यालय आदि समावेश छन्।

        चीनको उच्च शिक्षाको इतिहास एक सय वर्षभन्दा लामो छ। प्राप्त पछिल्लो तथ्यांक अनुसार, हाल चीनमा तीन हजार वटा विश्वविद्यालय छन्। तीमध्ये दुइ तिहाइ सरकारद्बारा सञ्चालित छन भने बाँकी निजीस्तरमा सञ्चालित उच्च विश्वविद्यालय। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कूल संख्या दुइ करोड पुगेको छ र विश्वविद्यालयमा भर्ना दर पनि सत्र प्रतिशतभन्दा बढी पुगेको छ।

        चीनका विश्वविद्यालयमा भर्ना हुनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। विश्वविद्यालयहरुले विद्यार्थीहरुको आफ्नो विचार र परीक्षामा प्राप्त अंकका आधारमा उत्कृष्ट विद्यार्थीको छनौट गर्छन।

        चीनको उच्च शिक्षामा प्रायजसो सरकारद्बारा सञ्चालित विश्वविद्यालयहरु छन्। चीनका प्रसिद्ध विश्वविद्यालयहरुमा प्राय सबै नै सरकारद्बारा सञ्चालित विश्वविद्यालयहरु छन। सामान्य रुपमा यी विश्वविद्यालयको परीक्षामा अनुत्तिर्ण भएका विद्यार्थीहरु निजी विश्वविद्यालय अथवा रेडियो-टेलिभिजन विश्वविद्यालय वा प्रौढ विश्वविद्यालयमा भर्ना भएका छन्।

        पछिल्ला केही वर्षदेखियता चीनको शिक्षा मन्त्रालयले उच्च शिक्षाको विकासमा निकै जोड दिंदैआएकाले सरकारद्बारा सञ्चालित विश्वविद्यालयमा भर्ना हुने परिधिलाई ठूलो मात्रामा बढाएको छ।