विद्यालय बाहेकको शिक्षा
CRI


       विद्यालय बाहेक चीनमा अन्य पनि यस्ता थुप्रै शिक्षा प्रदायक संस्थाहरु छन जसबाट तपाईं जीवनका लागि आवश्यक शिक्षा ग्रहण गर्न सक्नुहुन्छ। मानवीय शिक्षालाई निकै महत्व दिने चिनियाँहरुका लागि यी शिक्षण संस्थाहरुको ठूलो महत्व र उपयोगिता छ।

       चीनका विद्यालय बाह्यकका शिक्षण संस्थाहरुमा किशोर-किशोरी समाज, मनोरञ्जन केन्द्र, तालिम कक्षा, इन्टरनेटमार्फत शिक्षा-दिक्षा लिनु आदि समावेश छन। चीनका किशोर-किशोरीहरु यी संस्थाहरुमा आफ्नो रुची र आवश्यकता अनुसार संगीत, नाच, चित्र कला, विभिन्न किसिमका वैज्ञानिक तथा प्राविधिक कार्यक्रम र साँस्कृतिक कार्यक्रममा भाग लिनसक्छन्। यस्तो शिक्षा पाएपछि उनीहरुले आफ्नो आन्तरिक ज्ञान वृद्धि गर्ने अवसर पाउनुका साथै विद्यालय बाहिरको जीवन पनि रंगीचंगी बनाउन सक्छन।