माध्यमिक विद्यालयका लागि प्रवेश परीक्षा
CRI


        चीनमा माध्यमिक विद्यालयमा प्रवेशका लागि लिइने परीक्षालाई “चुं खाउ” भनिन्छ। यहाँ माध्यमिक विद्यालयमा प्रवेशको दर 60 प्रतिशतभन्दा कम भएकाले “चुं खाउ”लाई सबैभन्दा गाह्रो परीक्षामध्येको एक मानिएको छ।

        विभिन्न स्थानका शिक्षा विभागहरुले “चुं खाउ” परीक्षाका लागि विषय-वस्तु प्रस्तुत गर्छन्। यस परीक्षाका विषयहरुमा चिनियाँ भाषा, विदेशी भाषा,गणित, भौतिक शास्त्र र रसायन शास्त्र समावेश छन्।

        विद्यार्थीहरुले “चुं खाउ” परीक्षामा तुलनात्मक रुपमा राम्रो उपलव्धि हासिल गरे मात्र माध्यमिक विद्यालयमा पढ्न पाउँछन र त्यसपछि विश्व विद्यालयमा। र अन्तमा राम्रो काम पाउँनसक्छन। “चुं खाउ” परीक्षामा नराम्रो अंक ल्याएमा माध्यमिक विद्यालयमा पढ्न पाइदैन। त्यस कारण धेरै चिनियाँहरुले “चुं खाउ” परीक्षालाई भाग्य निर्धारक परीक्षा भन्नेगरेका छन्।