“काउ खाउ” परीक्षा
CRI


       चीनमा “काउ खाउ” परीक्षा भनेको विश्व विद्यालयका लागि प्रवेश परीक्षा हो। यस परीक्षा चीनको शिक्षा मन्त्रालयद्वारा निर्धारित परीक्षा कार्यक्रम अनुसार चीनका केन्द्रीय अथवा प्रान्तीय शिक्षा मन्त्रालयले सञ्चालन गर्नेगर्दछन। दुइ अथवा तीन दिन चल्ने यस परीक्षालाई हरेक वर्षको जून 6 तारिखदेखि शुरु गरिन्छ।

       चीनको “काउ खाउ”परीक्षाको विषय-वस्तुलाई हाल थ्री-एक्स भन्ने गरिएको छ। यहाँको तीनको अर्थ चिनियाँ भाषा, गणित र विदेशी भाषा पर्दछन भने एक्सको अर्थ समस्त मुलुक अथवा प्रान्तद्बारा सञ्चालित परीक्षामा छनौट गर्नसकिने विभिन्न विषयहरु पर्दछन। केही स्थानमा यसो भन्दा मानविकी अथवा विज्ञान सम्बन्धी संयुक्त परीक्षा भन्ने बुझिन्छ। केही स्थानमा त्यस कुराले उक्त दुइवटा संयुक्त परीक्षाको प्रतिनिधित्व मात्र नगरी विद्यार्थीको आफ्ना इच्छा अथवा विश्व विद्यालयको माग अनुसार भौतिक विज्ञान, रशायन शास्त्र, जीव विज्ञान, इतिहास लगायतका विषय सम्बन्धी परीक्षाको प्रतिनिधित्व गर्छ।

        “काउ खाउ” परीक्षालाई चिनियाँ समाजले धेरै पहिलेदेखि महत्व दिंदैआएको छ। हालैका केही वर्षमा विश्व विद्यालयहरुले भर्ना लिने विद्यार्थीहरुको संख्या बढाएको परिप्रेक्षमा विद्यार्थी र उनीहरुका आमा-बाबुको चिन्ता घटेको छ। यसो भए तापनि “काउ खाउ” परीक्षा हरेक वर्ष चिनियाँ समाजको ध्यानाकर्षणको विषय बनेको छ।