विश्व विद्यालयमा प्रवेशका लागि परीक्षा
CRI


       विभिन्न विश्व विद्यालय तथा अनुसन्धान संस्थाहरुले विद्यार्थीहरुलाई भर्ना गर्नुअघि प्रवेश परीक्षा लिने चलन छ। यो परीक्षा स्नातकोत्तर र विद्यावारिधी दुइ तहमा विभाजित छ।

       चीनमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि लिखित परीक्षा र अन्तर्वार्ता दुबै दिनुपर्छ। मानविकी तथा समाज शास्त्र पढ्ने विद्यार्थीहरुले राजनीति र विदेशी भाषाको परीक्षामा उत्तिर्ण हुनुपर्छ। विज्ञान पढ्ने विद्यार्थीहरुले राजनीति शास्त्र, विदेशी भाषा, गणितको परीक्षामा उत्तिर्ण हुनुपर्छ। लिखित परीक्षामा राम्रो उपलव्धि हासिल गरेपछि त्यस्ता विद्यार्थीहरु अन्तर्वार्तामा सहभागी हुनपाउँछन। विश्व विद्यालय तथा अनुसन्धान संस्थाहरुले लिखित परीक्षा तथा अन्तर्वार्ताको नतिजा अनुसार विद्यार्थीहरुलाई भर्ना गर्छन्।

       विद्यावारिधिका लागि लिइने परीक्षाको आयोजना विश्व विद्यालय तथा अनुसन्धात्मक संस्थाहरुले स्वतन्त्र रुपमा गर्छन। कुनै पनि विद्यार्थीले स्नातकोत्तर तह उत्तिर्ण गरेको भए विदेशी भाषा र दुइ अथवा तीनवटा मात्र प्रमुख विषयमा लिखित परीक्षा र अन्तर्वार्ता दिनुपर्छ।

        हालका केही वर्षमा रोजगारीका क्षेत्रमा पहिलेको तुलनामा दबाउ बढेको हुनाले चीनमा स्नातकोत्तर तहको प्रवेश परीक्षामा भाग लिनचाहने व्यक्तिहरुको संख्यामा तिव्र गतिले वृद्धि भएको छ। यसका अतिरिक्त, शिक्षा प्रणालीमा सुधार भएको शिलशिलामा परीक्षा प्रणालीका सम्बन्धमा विश्व विद्यालय तथा अनुसन्धान संस्थाको स्वतन्त्रता बढ्दैगएको देखिन्छ।