प्रमाण-पत्र सम्बन्धी परीक्षा
CRI


      चीनमा विभिन्न प्रकारका व्यावसायिक प्रमाण-पत्र प्राप्त गर्नका लागि पनि परीक्षा दिनुपर्छ। ती प्रमाण-पत्र प्राप्त गरेपछि रोजगारी सम्बन्धी प्रतिस्पर्धामा सफल हुने बढी संभावना हुन्छ।

      हाल प्रमाण-पत्र सम्बन्धी चीनको मुख्य परीक्षामा विदेशी भाषा परीक्षा, कम्प्युटर सम्बन्धी परीक्षा, संगीत तथा नाच-गान सम्बन्धी परीक्षा, ऐन, लेखापालको स्तर परीक्षा
आदि छन। यसका अतिरिक्त, चीनको आर्थिक विकासको अन्तर्राष्ट्रियकरण भएको परिप्रेक्षमा अन्तर्राष्ट्रिय स्तरीय केही पेशागत परीक्षा लिने चलन पनि चीनमा देखापरेको छ।

      चीनको प्रमाण-पत्र सम्बन्धी परीक्षालाई धेरै स्तरमा विभाजित गरिएको छ जसबाट प्रमाण-पत्र धारण गर्ने व्यक्तिको स्तर प्रतिबिम्बित हुनसकोस। त्यसकारण धेरै परीक्षा एकै पटक पूरा गर्न सकिदैन।