चीनका विश्वविद्यालय
CRI


       हालका केही वर्षमा चीनले सरकारी स्वामित्वका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना दर बढाएको छ। हाल चीनका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुको संख्या सन् 1998 को तुलनामा तीन/चार गुणाले वृद्धि भएर दुइ करोड पुगेको छ। उच्च माध्यमिक विद्यालयबाट विश्व विद्यालयमा प्रवेश दर दश प्रतिशतदेखि सत्र प्रतिशतसम्म वृद्धि भएको छ।

       हालसम्म चीनमा तीन हजार भन्दा बढी विश्वविद्यालय छन्। तीमध्ये 1300 वटा सरकारी विश्व विद्यालय, 1200 वटा नागरीक विश्वविद्यालय छन् भने अरु मुख्य गरी प्रौढहरुका लागि विश्वविद्यालय हुन्। चीनको विश्व विद्यालय शिक्षामा विशेष व्यावसायिक उपाधी, स्नातक, विद्यावारिधी र डाक्टर चार स्तरमा विभाजित गरिएको छ।

       हाल चीनका विश्वविद्यालयले क्रेडिट आवरसम्बन्धी व्यवस्था लागू भएको छ। सामान्य रुपमा विशेष इलमीका लागि तीन वर्षसम्म पढ्नुपर्ने छ। स्नातकका लागि चार वर्ष, स्नातकोत्तरका लागि स्नातकका आधारमा दुइ वर्ष थप्ने र डाक्टरका लागि स्नातकोत्तरका आधारमा दुइ वर्ष थप्ने छ।

       चीनका अधिकांश विश्वविद्यालय सरकारद्वारा राखिएको विश्व विद्यालय हुन्। बहुसंख्यक अनुसन्धानात्मक तथा संयुक्त विश्व विद्यालय तीनीहरुमा रहेका छन्। हालका केही वर्षमा नागरिक विश्वविद्यालयको तिब्र गतिले विकास भएको छ। तर तिनीहरुको स्तर प्रख्यात सरकारी विश्व विद्यालयको तुलनामा पिछडिएको देखिन्छ।