पैचिङ्ग विश्वविद्यालय
CRI


         पैचिङ्ग विश्वविद्यालय चीनको एउटा प्रसिद्ध संयुक्त विश्वविद्यालय हो। यस विश्वविद्यालयमा राम्रा लिबरल आर्टस्— कला, भाषा,इतिहास, साहित्य आदि विषय पढाइने, विज्ञान शास्त्र तथा अध्ययनको स्तर उच्च भएकाले यो चीनमा प्रसिद्ध छ। सन् 1898 मा स्थापना भएको पैचिङ्ग विश्वविद्यालय चीनका सबैभन्दा लामो इतिहास भएका विश्वविद्यालयहरुमध्येका एक पनि हो।

          पैचिङ्ग विश्वविद्यालयमा बी.ए. पढ्ने विद्यार्थीहरुको संख्या पन्ध्र हजार भन्दा बढी छ। एम.ए.तथा पी.एच.डी. मा अध्ययनरत विद्यार्थीहरुको संख्या लगभग बाह्र हजार छ। यस बाहेह, पैचिङ्ग विश्वविद्यालयले धेरै विदेशी विद्यार्थीहरुलाई आकर्षित गरेको देखिन्छ। पैचिङ्ग विश्वविद्यालयको पुस्तकालय एशियाका विश्वविद्यालयका पुस्तकालयहरुमध्ये सबैभन्दा ठूलो पुस्तकालय हो। यस पुस्तकालयमा 62लाख 90हजार भन्दा बढी पुस्तक राखिएको छ। पैचिङ्ग विश्वविद्यालय बारे अझ धेरै जानकारी लिन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइटमा हेर्नुहोलाः http://www.pku.edu.cn/