फु तान विश्वविद्यालय 
CRI


     फु तान विश्वविद्यालय चीनको सबैभन्दा ठूलो औद्योगिक-व्यापारिक शहर—शाङ्ग हाईमा पर्दछ। यस विश्वविद्यालयमा liberal arts तथा विज्ञानशास्त्र पढ्ने विद्यार्थीहरुको संख्या सबैभन्दा बढी छन। यो विश्वविद्यालय चीनमा प्रसिद्ध मात्र नभई चीनमा सबैभन्दा लामो इतिहास भएको विश्वविद्यालयहरुमध्येको एक पनि हो।

     हालै यस विश्वविद्यालयमा मानव शास्त्र, सामाजिक शास्त्र, प्राकृतिक विज्ञान, इन्जिनियरिङ्ग प्रविधि शास्त्र, व्यवस्थापन तथा मेडिकल विज्ञान आदि क्षेत्रमा पनि अध्यापन गर्न थालिएको छ। फु तान विश्वविद्यालयमा विदेशी भाषा क्याम्पस, सूचना तथा सञ्चार क्याम्पस, ज्यान विज्ञान क्याम्पस, शाङ्गहाई मेडिकल क्याम्पस, सोफ्टवेयर क्याम्पस आदि गरी जम्मा पन्ध्रवटा पूर्णावधि क्याम्पस छन्। यसमा जम्मा 72वटा विषयका विभागहरु, 65 वटा अध्ययन संस्था एवम् 91वटा अध्ययन केन्द्र छन्। फु तान विश्वविद्यालय हाल अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी केन्द्रहरुमध्यको एक बनिसकेको छ। फु तान विश्वविद्यालय र तीसवटा भन्दा बढी मुलुक तथा क्षेत्रका लगभग दुइ सयवटा विश्वविद्यालय तथा अध्ययन संस्थान बीच आदान-प्रदान सम्बन्ध स्थापित भएको छ।

     फु तान विश्वविद्यालयमा जम्मा पच्चीस हजार विद्यार्थीहरु छन्। यसमा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्या एक हजार छ सय पचास पुगेको छ। फु तान विश्वविद्यालयका सम्बन्धमा तपाईंलाई बढी जानकारी लिन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइटमा हेर्नुहोलाः  http://www.fudan.edu.cn/