पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालय
CRI


        सन् 1902 मा स्थापित पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालय चीनको इतिहासमा पहिलो शिक्षक प्रशिक्षण विश्वविद्यालय मात्र नभई यो चीनको शिक्षक प्रशिक्षण तथा तालिम क्षेत्रको प्रख्यात तथा लोकप्रिय विश्वविद्यालय पनि हो।

        पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालयमा शिक्षा क्याम्पस, शिक्षक प्रशिक्षण क्याम्पस, चिनियाँ भाषा तथा सँस्कृति क्याम्पस, मनोविज्ञान क्याम्पस आदि जम्मा 15 वटा क्याम्पस छन्। यस विश्वविद्यालयमा 48 वटा विषयमा पढाइ हुन्छ। यस विश्वविद्यालयमा पढाइने शिक्षा, मनोविज्ञान, पूर्व प्राथमिक शिक्षा आदि विषय चीनमा ठूलो नाम चलेका विषय हुन।

        पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालयमा कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीहरुको संख्या लगभग दुइ हजार पाँच सय भन्दा बढी छ र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको संख्या बीस हजार भन्दा बढी छ। तीमध्ये स्नातक कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुको संख्या अन्दाजी सात हजार छ भने विदेशी विद्यार्थीहरुको संख्या एक हजार जति छ।

         विगत केही वर्षमा पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालयले शिक्षक-शिक्षिकामा कार्यकुशलताको विकासका लागि विविध विषयक अध्यापनको क्षेत्रमा सुधार गर्नुका साथै यस विषयसँग सम्बन्धित नभएका केही विषयको पढाइ पनि शुरु गरेको छ। यसका साथै, पैचिङ्ग शिक्षक प्रशिक्षण विश्वविद्यालयले शैक्षिक व्यवस्थापन सम्बन्धी आफ्नो श्रेष्ठताको पूर्ण उपयोग गरी त्यहाँ कार्यरत शिक्षक-शिक्षिकाहरुलाई पर्याप्त तालिमको व्यवस्था गर्दैआएको छ। यस विश्वविद्यालय बारे अझ धेरै जानकारी लिन चाहेमा यस विश्वविद्यायको वेभ-साइट http://www.bnu.edu.cn/ हेर्नुहुन अनुरोध छ।