नान चिङ विश्वविद्यालय
CRI


      नान चिङ विश्वविद्यालय चीनको दक्षिण-पूर्वी भागमा पर्ने च्याङ सु प्रान्तमा सञ्चालित छ। यस विश्वविद्यालयमा मुख्यतया प्रविधि र विज्ञान विषयक पढाइ हुन्छ।

      नान चिङ विश्वविद्यालय अन्तर्गत हाल साहित्य, प्रविधि, भूगोल, चिकित्सा शास्त्र आदि गरी सोह्रवटा क्याम्पस सञ्चालित छन् र ४३ वटा विभाग छन्। दुइ हजार शिक्षक-शिक्षिका भएको यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कूल संख्या एकतीस हजारभन्दा बढी छ। तीमध्ये स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुको आठ हजार पाँच सय भन्दा बढी छ।

      नान चिङ विश्वविद्यालय अन्तर्राष्ट्रिय आदान-प्रदानमा निकै सकारात्मक भूमिका निर्वाह गरिरहेका चिनियाँ विश्वविद्यालयहरुमध्येको एक हो। नोवेल पुरस्कार प्राप्त गरेका ली चङ ताउ, तीङ चाउ चुङ, याङ चन नीङ आदि व्यक्तिहरुले नान चिङ विश्वविद्यालयबाट मानार्थ प्राध्यापक अथवा मानार्थ विद्यावारिधिको उपाधि हासिल गरेका छन। नान चिङ विश्वविद्यालयबारे तपाईंलाई अझ बढी थाहा पाउन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइट हेर्नुहोलाः http://www.nju.edu.cn/