चुं शान विश्व विद्यालय
CRI


         चीनको दक्षणी भागमा पर्ने क्वांग चौ शहरअवस्थित चुं शान विश्व विद्यालय मानविकी तथा समाज शास्त्र र विज्ञान विषय पढाइ हुने एउटा संयुक्त विश्व विद्यालय हो। त्यसलाई चीनको प्रजातन्त्रिक क्रान्तिका नेता सुन चुं शान अर्थात सुन ये श्येनले सन् 1924 मा खुला गर्नुभएको थियो।

         चुं शान विश्व विद्यालयमा मानविकी तथा समाज शास्त्र र विज्ञान, लिंग नान एकेदमी, गणित एकेदमी, चुं शान चिकित्सा एकेदमी लगायतका उन्नाइसवटा एकेदमी र 79 वटा स्नातक तहका मुख्य विषयहरुको पढाइ हुन्छ। यस विश्व विद्यालयमा आधुनिक प्रयोगशाला तथा अनुसन्धान अखडा रहेका छन्। यस विश्व विद्यालयमा 41 हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये 17 हजार जना स्नातक विद्यार्थी, 5440 जना मास्टर विद्यार्थी, 1970 जना डाक्टर विद्यार्थी र 450 जना विदेषी विद्यार्थी छन्। लिंग नान एकेदमीको नयाँ क्याम्पस सुन्दर र त्यसको संरचना रहेको कारण चीनमा सबैभन्दा सुन्दर क्याम्पस मध्येको एक भनिन्छ। चुं शान विश्व विद्यालयको पुस्तकालय दक्षिण-पूर्वी चीनमा पुस्तकको संख्या सबैभन्दा धेरै पुस्तकहरु भएका पुस्तकालयहरुमध्येको एक बनिसकेको छ। यस विश्व विद्यालयको अरु बढी अवस्था जानकारी लिन त्यसको वेभसाइट: www.zsu.edu.cn हेर्नुहोस्।