ऊ हान विश्वविद्यालय
CRI


        ऊ हान विश्वविद्यालय चीनको मध्ये भागमा पर्ने हु पै प्रान्तको ऊ हान शहरमा पर्दछ। यो विश्वविद्यालय चीनमा सबैभन्दा धेरै विषय पढाइ हुने संयुक्त विश्वविद्यालयहरुमध्येका एक हो। हाल ऊ हान विश्वविद्यालयमा दर्शनशास्त्र, अर्थतन्त्र, कानून, शिक्षा, साहित्य, इतिहास, विज्ञानशास्त्र, यन्त्र शास्त्र, कृषि, मेडिकल, व्यवस्थापन आदि जम्मा एघार वटा विषयमा अध्ययन-अध्यापन भैरहेको छ। बी.ए.मा पढाइ हुने विषयहरुको संख्या एक सय पाँच छ। यस विश्वविद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाहरुको संख्या जम्मा पाँच हजार भन्दा बढी छ र विद्यार्थीहरुको संख्या 45 हजार भन्दा बढी छ। ती विद्यार्थीहरुमध्ये एम.ए. मा अध्ययनरत विद्यार्थीहरुको संख्या बाह्र हजार जति छ। विगत केही वर्षदेखि यता ऊ हान विश्वविद्यालयले तीन सय भन्दा बढी प्रसिद्ध विदेशी विद्बान तथा राजनैतिक क्षेत्रका गण्यमाण्य व्यक्तिहरुलाई अध्यापनका लागि निमन्त्रणा दिएको छ। उहाँहरु आंशिक प्राध्यापक, मानार्थ प्राध्यापक, भिजिटिङ प्राध्यापकका हैसियतमा यस विश्वविद्यालयमा अध्ययन गर्नुहुन्छ। यसका साथै ऊ हान विश्वविद्यालयले विश्वका साट्ठीवटा मुलुक तथा क्षेत्रका लगभग दुइ सय विश्वविद्यालय अथवा अध्ययन संस्थाहरुसँग आदान-प्रदानको व्यवस्था स्थापित गरेको छ।

         लो च्या पहाड मुनी पर्ने ऊ हान विश्वविद्यालय खोलाको किनारमा रहेको छ। यस विश्वविद्यालयलाई चीनको सबैभन्दा सुन्दर विश्वविद्यालय मानिन्छ। ऊ हान विश्वविद्यालय बारे अझ धेरै परिचय लिन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइट हेर्नुहोलाः
 http://www.whu.edu.cn/