च च्याङ विश्वविद्यालय
CRI




 च च्याङ विश्वविद्यालय दक्षिण-पूर्वी चीनमा पर्ने च च्याङ प्रान्तको सदरमुकाम हाङ चौ शहरमा छ। यो विश्वविद्यालय चीनमा सबैभन्दा ठूलो र सबैभन्दा बढी विषय पढाइ हुने विश्वविद्यालयहरुमध्येको एक हो। यो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छ।

 च च्याङ विश्वविद्यालयमा मनोविज्ञान, कानून, शिक्षा, साहित्य, इतिहास, प्रविधि, विज्ञान, कृषि, मेडिकल, व्यवस्थापन आदि परी एघार विषयको पढाइ हुन्छ। स्नातक तहमा पढाइ हुने विषयहरुको संख्या एक सय आठ छ। यस विश्वविद्यालयमा कर्मचारी तथा शिक्षक-शिक्षिकाहरुको कूल संख्या आठ हजार सात सय जति छ। यहाँ अध्ययनरत विद्यार्थीहरुको संख्या लगभग चालिस हजार छ। तीमध्ये स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको संख्या नौ हजार सात सय र विद्यावारिधि गरिरहेका विद्यार्गीहरुको सं‌ख्या चार हजार दुइ सय छ भने विदेशी विद्यार्थीहरुको संख्या एक हजार जति छ।

 च च्याङ विश्वविद्यालयले अर्थतन्त्र शास्त्र, कानून, प्रविधि आदि क्षेत्रमा ठूलो उपलब्धी हासिल गरेको छ। च च्याङ विश्वविद्यालयका छवटा पुस्तकालयको कूल क्षेत्रफल ५९ वर्ग किलोमिटर जति छ। ती पुस्तकालयहरुमा जम्मा ५९ लाख दश हजारवटा पुस्तक छन्। यस विश्वविद्यालयको पुस्तकालय चीनमा सबैभन्दा ठूलो र सबैभन्दा धेरै पुस्तक भएको एवम् सबैभन्दा बढी विषयका पुस्तकहरु भएका पुस्तकालयहरुमध्येको एक हो। यस विश्वविद्यालयबारे तपाईंलाई अरु बढी जानकारी लिन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइट हेर्नुहोलाः http://www.zju.edu.cn/