स् छयुआन विश्वविद्यालय 
CRI


        स् छयुआन विश्वविद्यालय दक्षिण-पश्चिमी चीनको स् छयुआन प्रान्तमा पर्ने छङ तु शहरमा अवस्थित छ। यो विश्वविद्यालय चीनको पश्चिमी क्षेत्रमा पढाइने विषय बढी र क्षेत्रफल पनि सबैभन्दा बढी भएको विश्वविद्यालय हो। हाल यस विश्वविद्यालयमा मानव शास्त्र, सामाजिक शास्त्र, प्राकृतिक विज्ञान, इन्जिनिएरिङ्ग प्रविधि, चिकित्सा आदि नौवटा मुख्य विषयमा अध्ययन गर्नपाइन्छ।

         हाल यस विश्वविद्यालय अन्तर्गत तीसवटाभन्दा बढी क्याम्पस छन् र एक सय अठारवटा विषयमा पढाइ हुन्छ। यसमा जम्मा 11357 जना शिक्षक तथा कर्मचारी छन् र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको संख्या 43900 छ। त्यहाँ विद्यावारिधि गरिरहेकाहरुको संख्या दश हजार भन्दा बढी छ। चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुको संख्या 2740 छ। विदेशी विद्यार्थी तथा हङ्गकङ्ग मकाऊबाट आएका विद्यार्थीहरुको संख्या 653 छ। स् छयुआन विश्वविद्यालय बारे बढी जानकारी लिन मन लागेमा यस विश्वविद्यालयको वेभ-साइट हेर्नुहोलाः http://www.scu.edu.cn/