शाङ्गहाई यातायात विश्वविद्यालय
CRI


        शाङ्गहाई यातायात विश्वविद्यालयमा विज्ञान शास्त्रमा आधारित भै मुख्यतः यातायात इन्जिनियरिङ्गको अध्यापन गरिन्छ। सन 1896 मा स्थापित यस विश्वविद्यालयमा पोत परिवहन तथा समुद्री इन्जिनियरिङ्ग, यन्त्रादि तथा प्रचलित शक्ति इन्जिनिएरिङ्ग, इलेक्ट्रोनिक सूचना तथा विद्युत ग्यास इन्जिनिएरिङ्ग आदि विषयका एक्काइसवटा क्याम्पस छन। यस विश्वविद्यालयमा जम्मा पचपन्नवटा विषयमा स्नातकसम्मको पढाइ हुन्छ। तीमध्ये विज्ञान, इन्जिनियरिङ्ग, लिबरल आर्टस्— कला, भाषा,इतिहास, साहित्य आदि विषय पढाइने, व्यवस्थापन, कृषि, अर्थतन्त्र, कानून, शिक्षा आदि विषय प्रमुख छन। ती विषयहरुमध्ये दूर सञ्चार तथा इलेक्ट्रोनिक प्रणाली, पोतवहन तथा समुद्री इन्जिनियरिङ्ग, स्वनियन्त्रण, मिश्रित सामग्री, धातु नम्यता सम्बन्धी प्रशोधन विषयको पढाइको स्तर विश्वमा सबैभन्दा उच्च स्तरमा पुगिसकेको छ।

        हाल यस विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको संख्या जम्मा चौध हजारभन्दा बढी छ। स्नातकोत्तर तह तथा विद्यावारिधि गरिरहेका विद्यार्थिहरुको संख्या सात हजार जति छ। यस बाहेक, विदेशी विद्यार्थीको संख्या एक हजार छ सय छ। विगत केही वर्षमा शाङ्गहाई यातायात विश्वविद्यालयबाट एक लाखभन्दा बढी सक्षम विशेषज्ञहरु उत्पादन गरेको छ। उनीहरुमध्ये राजनीतिज्ञ, व्यवसायी, वैज्ञानिक, प्राध्यापक तथा इन्जिनिएरिङ्ग क्षेत्रका विशेषज्ञ छन। शाङ्गहाई यातायात विश्वविद्यालय बारे अझ धेरै जानकारी लिन इच्छा लागेमा यस विश्वविद्यालयको वेभ-साइट हेर्नुहोला:http://www.sjtu.edu.cn/