चीनको विज्ञान तथा प्रविधि सम्बन्धी आधारभूत परिचय
CRI

     

विगत केही वर्षदेखि यता चीन सरकारले “विज्ञान तथा शिक्षामार्फत देशलाई समृद्धि पार्ने” रणनीतिको कार्यान्वयन गर्दैआएको छ। त्यसैले चीनले विज्ञान तथा प्रविधिको विकासलाई निकै ठूलो महत्व दिनुका साथै वैज्ञानिक अध्ययन र प्राविधिक विकासमा बढी लगानी गरेको छ। सन 2003 मा चीनले वैज्ञानिक अध्ययन र प्राविधिक विकासमा गरेको लगानी एक खरब पचास अरब चिनियाँ युआन पुगेको छ भने सो परिमाण चीनको कूल राष्ट्रिय उत्पादनको एक दशमलव तीन पाँच प्रतिशत हो।

      चीन सरकारले राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक विकास योजनाको कार्यान्वयनबाट चीनको विज्ञान तथा प्रविधि क्षेत्रको विकास कार्यलाई अघि बढाएको छ। हाल चीनका मुख्य वैज्ञानिक तथा प्राविधिक योजनाहरुमा आधारभूत विज्ञान सम्बन्धी अध्ययन, कृषि क्षेत्र, उच्च तथा नयाँ प्राविधिक व्यवसायको विकास, अन्तरिक्ष प्रविधि र प्रतिरक्षा लगायत विभिन्न क्षेत्रहरु समावेश छन। चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित विशेषज्ञहरुको टोली गठन गरी उचित संस्थाको छनौट गर्दछ। छानिएका संस्थाले त्यसका लागि आवश्यक खर्च मन्त्रालयले व्यहोर्ने गरी सम्बन्धित अध्ययन कार्य गर्दछन।

      विगत धेरै वर्षसम्मको विकासको क्रममा चीनसँग विभिन्न किसिमका वैज्ञानिक अध्ययन र प्राविधिक विकास गर्ने क्षमता छ। केही आधारभूत विज्ञानको अध्ययन क्षेत्र र उच्च तथा नयाँ प्रविधियुक्त क्षेत्रहरुमा चीनले हासिल गरेका केही उपलव्धिहरु अन्तर्राष्ट्रिय क्षेत्रमा अग्रस्थानमा पुगेका छन वा नजिकिएका छन। सन 2003 मा चीनका वैज्ञानिकहरुले अन्तर्राष्ट्रिय पत्रिकाहरुमा प्रकाशित गरेका अनुसन्धानमा आधारित वैज्ञानिक लेखहरुको संख्याले विश्वमा पाँचौं स्थान ओगटेका छन। यसका अतिरिक्त, चीनमा आविष्कार गरिएका वस्तुहरुको संख्यामा पनि ठूलो मात्रामा बृद्धि भएको छ। यसबाट चीनको सिर्जना क्षमता निरन्तर रुपमा उकासिएको कुरा प्रतिबिम्बित भएको छ।