चीनका विज्ञान अध्ययन संस्थाहरु
CRI

      विश्वका धेरै मुलुकहरुकम जस्तै चीनका विज्ञान अध्ययन संस्थाहरु मुख्यतः स्वतन्त्र संस्था र विश्वविद्यालय वा व्यावसायिक संस्था हुन। तीमध्ये स्वतन्त्र विज्ञान अध्ययन संस्थाहरुले सरकारबाट अनुदान पाउँछन। हालसम्म चीनमा दुइ हजारभन्दा बढी स्वतन्त्र विज्ञान अध्ययन संस्थाहरु छन। तीमध्ये पाँच सयवटा राष्ट्रिय संस्थाहरु हुन। विश्व विद्यालय वा व्यावसायिक संस्थाहरु मातहतका विज्ञान अध्ययन संस्थाहरु अझ बढी छन।

      चीनमा आधारभूत विज्ञानबारे अध्ययन गर्ने संस्था र विज्ञानको प्रयोग गर्ने संस्था तथा सामाजिक सेवा गर्ने संस्था तीन किसिमका विज्ञान अध्ययन संस्थाहरु छन। चीनको वैज्ञानिक एकेडेमी र केही विश्व विद्यालयका सम्बन्धित विज्ञान तथा अध्ययन संस्थाहरुले मुख्यतः आधारभूत विज्ञानका बारेमा अध्ययन गर्दछन। पहिले चीनका केही व्यवसायहरुका विज्ञान तथा अध्ययन संस्थाहरुले विज्ञानको प्रयोग बारे अध्ययन गर्छन। ती व्यवसायहरु पनि उच्च तथा नयाँ प्रविधि सम्बन्धी व्यवसायहरु बनेका छन। जस्तै चीनको हुलाक र सञ्चार सम्बन्धी विज्ञान बारे अध्ययन गर्ने प्रतिष्ठान र चीनको बास्तु डिजाइन बारे अध्ययन गर्ने प्रतिष्ठान आदि। कृषि र मौसमका बारेमा अध्ययन गरी सामाजिक फाइदा प्रदान गर्ने संस्थाहरुलाई सामाजिक सेवा गर्ने संस्थाहरु भनिन्छ। जस्तै चीनको कृषि प्रतिष्ठान र मौसम प्रतिष्ठान आदि।

      चीनको वैज्ञानिक एकेडेमी चीनका सबैभन्दा प्रसिद्ध र ठूलो विज्ञान अध्ययन संस्था हो। त्यसको स्थापना सन 1949 मा भएको थियो र त्यसको प्रधान कार्यालय पेचिंगमा छ। चीनको वैज्ञानिक एकेडेमीले प्रकृतिक विज्ञान र उच्च तथा नयाँ प्रविधिका बारेमा अध्ययन गर्छ। चीनको वैज्ञानिक एकेडेमीमा गणित र भूगोल, रसायन, जीव-विज्ञान, भौगर्भिक एवम् प्राविधिक विज्ञान आदि पाँचवटा विभागहरु र विश्वका विभिन्न ठाउँहरुमा रहेका एघारवटा शाखाहरु छन। यसका साथै चीनको वैज्ञानिक एकेडेमीमा 84 वटा अध्ययन केन्द्र छन जसमा बीस हजार जति अनुसन्धानकर्मीहरु छन। चीनको वैज्ञानिक एकेडेमीमा थुप्रै उच्चस्तरीय अनुसन्धानकर्मीहरु छन भने त्यसका अध्ययन केन्द्रहरु पनि सम्बन्धित क्षेत्रको सर्वोच्च स्थानमा रहेका छन। तीमध्येका केही केन्द्रहरु विश्वमै निकै प्रसिद्ध छन।