चीन र विदेश बीचको सहयोग र अनुसनधान
CRI


   
         विज्ञान कुनै राष्ट्रको सिमाभित्र बाँधिन सक्दैन, यो सीमारहित हुन्छ। चीनले स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधिको विकास गर्नुका साथै अन्तर्राष्ट्रिय वैज्ञानिक श्रोत-साधनको उपयोगमार्फत राष्ट्रको वैज्ञानिक विकासलाई निकै महत्व दिएको छ। त्यसका लागि चीनले प्रशस्त अन्तर्राष्ट्रिय वैज्ञानिक आदान-प्रदान तथा सहयोग गरी अन्तर्राष्ट्रिय वैज्ञानिक गतिविधिमा व्यापक रुपमा सहभागिता जनाएको छ। चीनले अध्ययन र अनुसन्धान कार्यमा भाग लिनका लागि धेरै वैज्ञानिकहरुलाई विदेश पठाएको छ। यसका साथै चीनको आधारभूत अनुसन्धान योजना, उच्च एवम् नयाँ प्रविधिको विकास सम्बन्धी योजना विदेशका वैज्ञानिक संस्थाहरुका लागि खुला भएको छ। चीनको वैज्ञानिक अनुसन्धान कार्यमा विदेशका वैज्ञानिक संस्था र वैज्ञानिकहरुको सहभागितालाई चीनले स्वागत गरेको छ। यसका साथै चीनले विदेशमा अध्ययनरत चिनियाँहरुलाई विभिन्न तरिकामार्फत राष्ट्रको वैज्ञानिक विकासका लागि योगदान पुर्‍याउन प्रोत्साहित गरेको छ।

         यसका साथै, चीनका वैज्ञानिकहरुले अन्तर्राष्ट्रिय ठूलो ढाँचाको वैज्ञानिक परियोजनामा व्यपक रुपमा भाग लिएका छन। चीनका वैज्ञानिकहरुले मानव जातिको जिनको पुन: गठन परियोजनामा भाग लिएर सफलताका साथ आफ्नो कर्तव्य पूरा गरेका छन।

         सन् 2003 मा चीनले औपचारिक रुपमा ग्यालिलेओ योजनामा भाग लिएको थियो। चीनले त्यस योजनामध्येका उपग्रह उत्पादन, उपग्रहको प्रक्षेपण, उपयोगी उत्पादित वस्तुको विकास, मापदण्ड तर्जुमा लगायतका सम्पूर्ण कार्यमा भाग लिएको थियो।

          चीनले सम्बन्धित मुलुकहरुसँग सहयोग गरी केही वैज्ञानिक अनुसन्धान संस्थाको स्थापना गरेको छ। जस्तै, चीन-जर्मनी दूर-सञ्चार सफ्टवेयर प्रविधि अनुसन्धान कार्यालय, चीन-स्पेन वुद्धिमान यातायात केन्द्र, चीन-बेलायत यातायात द्धिमान केन्द्र। यसका अतिरिक्त, चीन सरकारले चीन-अमेरिका वैज्ञानिक अखडा, चीन-बेलायत वैज्ञानिक अखडा लगायत विदेशमा खोलिएका केही सहयोगात्मक वैज्ञानिक संस्थाको पनि स्थापना गरेको छ।