जल वातावरणको अवस्था

CRI

           चीनको भू-सतहको जल-श्रोत मुख्यतः सातवटा मुहानबाट पैदा भएको हो। अर्थात याङ सि नदी, व्हांग ह नदी, सुंग व्हा च्यांग नदी, ल्याओ ह नदी, चु च्यांग नदी, हाइ ह र व्है ह नदी। चीनको राष्ट्रिय वातावरण संरक्षण विभागव्दारा प्रकाशित [चीनको वातावरणको गुणस्तर अवस्था सन् 2003] मा के प्रष्ट्याइएको छ भने चीनका सातवटा नदी-खोलाको प्रदूषणको अवस्था सुध्रदैआएको छ । सन् 2003को तत्यांकअनुसार चीनमा पानीको गुणस्तर अनुसार पहिलोदेखि तेश्रो दर्जाका पानी 37.7% रहेको छ भने सन् 2001मा यो परिमाण एक तिहाइ पनि थिएन।

          ती सात वटा नदी-खोला क्षेत्रको प्रदूषणको अवस्था हेरेर भन्ने हो भने हाइ ह नदी र ल्याओ ह नदी क्षेत्रको प्रदूषण सबैभन्दा गम्भिर देखिएको छ । पेट्रोल, एमोनिया, पारो आदि रासायनिक पदार्थहरु ती सातवटा नदी खोलालाई प्रदूषित पार्ने मुख्य तत्व हुन्। तलाउहरुलाई नाइड्रोजन, फोसफोरस आदि पदार्थले प्रदूषित पारेका छन्। यसबाट पानीको पोषण तत्व अति बढी भएको नराम्रो अवस्था देखा परेको छ। यसमध्य युन् नान् प्रान्तको तिआन् ठ भन्ने झीलको अवस्था निकै नराम्रो

        भएको देखिएको छ । चीनको तेस्रो ताल थाई हु ताल र पाँचौ चाउ चाउ हु तालको अवस्था पनि निकै नराम्रो भएको देखिएको छ।

       चीनका धेरैजसो शहर र क्षेत्रमा भूमिगत पानीको गुणस्तर राम्रो छ र जनघनत्व बढी भएको र उद्योग व्यवसाय बढी भएका केही क्षेत्रका पानी केही प्रदूषित भएको देखिएको छ। ती भूमिगत पानीमा नाइट्रेट, नाइड्रोजन, फलाम, म्याग्नेज, एसिड आदि तत्वहरु बढी भएको पाइएको छ ।