वायुमण्डलको वातावरणीय अवस्था

CRI

       केही वर्ष यता चीनका शहरहरुमा वायुको गुणस्तरमा सामान्यतया सुधार हुदैआएको छ। तर लगभग दुइ तिहाइ शहरहरुमा वायुको गुणस्तर वायुको गुणस्तर सम्बन्धी राष्ट्रको दोस्रो स्तरको मापदण्डसम्म पनि पुगेको छैन। हावामा रहेका स-साना धूल-कणहरु शहरको वायुको गुणस्तरमा नराम्रो प्रभाव ल्याउने मुख्य प्रदूषक हुन्। चीनका उत्तरी क्षेत्रका शहरहरुमा स-साना धूल-कणहरुको प्रदूषण सामान्यतया दक्षिणी चीनका शहरहरुको तुलनामा निकै बढी देखिएको छ। त्यस्तो प्रदूषणको अवस्था गम्भीर हुने क्षेत्रहरुमा मुख्यतः चीनको उत्तरी क्षेत्र, उत्तर-पश्चिमी क्षेत्र, उत्तर-पूर्वी क्षेत्र, मध्य चीन तथा स छुआन् प्रान्तको पूर्वी क्षेत्र, छुङ छिङ शहर आदि ठाउँहरुमा रहेका छन। तीमध्ये केही शहरहरुमा फुल्फुर दीओक्सिडद्बारा प्रदूषणको अवस्था पनि मौजुद छ। चीनको दक्षिणी क्षेत्रमा अमिलो पानी पर्ने प्रदूषणको अवस्था मौजुद छ र यस किसिमको अवस्थामा रहेको क्षेत्र निकै ठूलो भएको देखिएको छ।