प्रदूषण नियन्त्रण व्यवस्था

CRI


       विगत केही वर्षदेखियता चीन सरकारले प्रदूषण गरिएका मुख्य क्षेत्र निश्चित गरेको छ। यसका साथै जल प्रदूषण भएको क्षेत्रको नियन्त्रण तथा व्यवस्थापन गर्ने तथा प्रदूषक तत्व उत्सर्जनको परिमाणमा नियन्त्रण गर्ने नीति बनाएर सम्बन्धित कदमलाई व्यवहारमा उतारेको छ। सन 2002को अन्त्यसम्म चीन सरकारले याङ्ग सि नदीमा निर्माण भैरहेको सान स्या अर्थात त्रि-घाटी परियोजना तथा यसको वरिपरिको वातावरणको संरक्षणका लागि जम्मा चालिस अरब चिनियाँ युआन बराबरको लगानी गरिसकेको थियो। सन् 2001 सम्म सान स्या अर्थात् त्रि-घाटी परियोजना क्षेत्रमा प्रदूषणका गम्भीर श्रोत ठानिएका 37 वटा सम्म परियोजनालाई बन्द गरिएको थियो। यस क्षेत्रमा भएका 60 वटा उद्योगबाट निस्कने प्रदूषित फोहोर पानीको मात्रा गत वर्षको तुलनामा 15.6 प्रतिशतले घटेको छ। यस क्षेत्रमा उत्सर्जित विभिन्न किसिमका प्रदूषक तत्वको कूल मात्रा आठ हजार टन छ। त्यहाँको गम्भीर रुपमा प्रदूषित क्षेत्र— थाइ हु ताल क्षेत्रको वातावरणको स्तरमा सन् 2002देखि विशेष सुधार ल्याइएको छ। यस विशेष सुधार यस प्रकार छः 36 हजार 9 सय वर्ग किलोमिटर ठूलो ताजा पानीको यस तालमा याङ्गसी नदीबाट सफा पानी पुर्‍याइएको छ। यस परियोजना शुरु भएदेखि यता थाइहु तालको क्षेत्रको पानीको स्तरमा स्पष्ट रुपमा सुधार आएको देखिन्छ। यस क्षेत्रको पानीमा भएका मुख्य प्रदूषक तत्व फोस्फरस, नाइट्रोजन, पोटाशियम पर्मान्गनेटको मात्रा चार वर्षअघिको तुलनामा क्रमश: 56 प्रतिशत, 25 प्रतिशत र 9 प्रतिशतले घटेको छ। थाइ हु तालको पानी खाने शाङ्गहाई शहर लगायतका शहरहरुको खाने पानीको गुणस्तरमा पनि स्पष्ट रुपमा सुधार गरिएको छ। यस परियोजनाबाट लाभान्वित हुनेहरुको संख्या एक करोड भन्दा बढी छ।

       साथै चीनभरिको हावाको गुणस्तरको निगरानी तथा सुधार गर्ने कदम पनि चालिएको छ। सन 2002मा चीनभरिका शहरहरुमा हावाको गुणस्तरमा निरन्तर रुपमा सुधार भएको छ। वातावरण संरक्षण सम्बन्धी विभागहरुको निगरानीमा चीनका 339 वटा शहरमध्ये 117 वटाको हावाको गुणस्तर हावाको राष्ट्रिय मापदण्ड अनुकुल अथवा यसभन्दा राम्रो छ। ती शहरहरुमध्ये हाइखौ, सान या, चाऊ छिङ आदि दशवटा शहरमा हावाको गुणस्तर प्रथम स्तरमा पुगिसकेको छ। पैचिङ्गको हावाको गुणस्तरमा सुधार ल्याउने कदम एकदमै प्रभावकारी देखिन्छ। सन 2002मा पैचिङ्ग शहरमा हावाको गुणस्तर ग्रीड दुइ तथा यसभन्दा माथि पुगेका दिनहरु जम्मा गरी 201 छन र गत वर्षको सोही अवधिको तुलनामा 19 दिन वृद्धि भएको थियो। चीनभरिका अधिकांश शहरमा कारबाट निस्केको फोहोर हावा अर्थात् ग्याँसको मात्रा यूरो एक मापदण्ड अनुरुप छ र पैचिङ्ग आदि ठूला शहरहरुमा यूरो दुइ मापदण्ड अनुरुप हुनथालेको देखिन्छ।