वन्य श्रोतको संरक्षण

CRI


       गत शताब्दीको पचासको दशकदेखि यता चीनमा मानव निर्मित वनको चमत्कार विश्व सामु प्रदर्शित गरिएको छ। सन् 1981देखि 2002सम्म चीनमा अनिवार्य रुपमा रोपिएका रुखहरुको संख्या 39 अरब 80 करोड पुगेको छ। हालसम्म चीनमा मानव निर्मित वनको क्षेत्रफल 4 करोड 66लाख 70 हजार हेक्टर पुगेको छ। विश्वमा यस्तो वनको कूल क्षेत्रफलको 26 प्रतिशत ठाउँ ओगटेर चीनमा मानव निर्मित वन विश्वको प्रथम स्थानमा पुगिसकेको छ। चीनमा वनले ढाकेको दर 16.55 प्रतिशत छ। विश्वमा वन्य श्रोत निरन्तर रुपमा घट्दैजाने प्रवृत्ति देखापरिरेहको अवस्थामा चीनमा वनको क्षेत्रफल र त्यसमा संरक्षित जैविक विविधताको संख्यामा वृद्धिलाई कायमै राखिएकाले संयुक्त राष्ट्र संघ अन्तर्गतको वातावरण विभागले विश्वमा संरक्षित वन सबैभन्दा बढी भएका पन्ध्रवटा मुलुकहरुको नामावलीमा चीनलाई समावेश गरेको छ।

       चीनको केन्द्रीय सरकारले सन 1998 देखि 2001सम्ममा गरिब जनसंख्या बढी भएका पश्चिमी तथा मध्ये भागमा सञ्चालित योजनाका लागि 42अरब 70 करोड चिनयाँ युआन बराबरको लगानी गरेको छ। ती योजनाहरुमा वृक्षारोपण गरिएका क्षेत्रहरुको संरक्षण, स्थानीय कृषकलाई सहायता, बढी प्रयोगमा आएको खेत-बारीलाई वन तथा घाँसे-मैदानमा परिणत गर्न प्रोत्साहित गर्ने विषय समावेश छन्। खेतीपाती गरिइरहेका क्षेत्रलाई वन क्षेत्रमा परिणत गर्ने परियोजना चीनका 25 वटा प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्र-शासित शहरमा शुरु गरिएको छ। सन् 2002सम्ममा चीनमा खेतीपाती गरिइरहेका क्षेत्रलाई वन क्षेत्रमा परिणत गरिएको कूल क्षेत्रफल 64 लाख 40 हजार हेक्टर पुगेको छ। यस परियोजनाको प्रभावकारी असर स्पष्ट रुपमा देखा पर्नथालेको छ। केही क्षेत्रमा पानी तथा माटो हराएको अवस्थामा केही मात्रामा सुधार भैसकेको छ। वन-जंगलको संरक्षण गर्ने अर्को प्रभावकारी कदम सन् 1998 देखि शुरु भइरहेको प्राकृतिक वनको संरक्षण परियोजना हो। यस परियोजनामा प्राकृतिक वन काट्ने कार्यलाई चीनभरि नै रोक्न आग्रह गरिएको छ। केही क्षेत्रमा पहिले रुख काट्नेहरु अहिले वन संरक्षकहरुमा परिणत भैसकेका छन्।

       चीनमा वन व्यवसायको अथक विकास सम्बन्धी रणनैतिक प्रतिवेदनमा तोकिएको लक्ष्य अनुसार, सन् 2050सम्ममा चीनमा वनले ढाकेको क्षेत्रफल 28 प्रतिशत पुग्ने छ।