सिम्सार क्षेत्रको संरक्षण

CRI

   

        सन् 1992मा “अन्तर्राष्ट्रिय सिम्सार सन्धि”मा प्रवेश भएदेखि यता, चीन सरकारले सिम्सार क्षेत्रको संरक्षणका लागि प्रयास गर्दैआएको छ। यसै सन्धिको परिणामस्वरुप ध्वस्त पारिएका केही प्राकृतिक सिम्सार क्षेत्रको संरक्षण गर्न सकिएको छ। सन् 2002को अन्त्यसम्ममा चीनमा संरक्षित विभिन्न किसिमका प्राकृतिक सिम्सार क्षेत्रको संख्या जम्मा 353 पुगेको छ। ती संरक्षण क्षेत्रहरुमध्ये 21वटा अन्तर्राष्ट्रिय क्षेत्रका महत्वपूर्ण सिम्सार क्षेत्रहरुको सूचीमा समावेश भएका छन्। ती संरक्षण क्षेत्रको कूल क्षेत्रफल 30 लाख 30 हजार हेक्टर पुगेको छ।

       सन् 2000को नोभेम्बर महिनामा शुरु भएको “चीनको सिम्सार क्षेत्रको संरक्षण सम्बन्धी कार्य-योजना” राष्ट्रिय वन ब्यूरोको नेतृत्वमा चीनको राज्य परिषद अन्तर्गत सत्रवटा विभागहरुले सँगसँगै मिलेर तर्जुमा गरिएको हो। यस योजनानुसार, सन् 2010सम्ममा चीनले मानव जातिका गतिविधिका कारण ध्वस्त पारिएका प्राकृतिक सिम्सार क्षेत्र घट्दैजाने प्रवृत्तिलाई रोक्ने छ। सन्2020 सम्ममा हराएका अथवा बिलिन भएका सिम्सार क्षेत्रहरुको पुनर्स्थापना गरिने छ।