मरुभूमिकरणलाई रोक्ने कदम

CRI


       मरुभूमीकरण चीनमा सबैभन्दा गम्भीर पर्यावरणीय-वातावरण समस्याहरुमध्येको एक हो। हाल चीनभरिको 26 लाख 20 हजार वर्गकिलोमिटर क्षेत्रफल मरुभूमिमा परिणत भैसकेको छ। यो चीनभरिमा खेतिपाती गरिएको कूल भू-क्षेत्रफलभन्दा बढी छ। यसले चीनको कूल क्षेत्रफलको 27प्रतिशत ठाउँ ओगटेको छ। चीनमा हाल मरुभूमिकरणको प्रवृत्ति केही क्षेत्रमा नियन्त्रित भइसके तापनि हरेक वर्ष तीस हजार वर्गकिलोमिटर जति क्षेत्रफल मरुभूमिमा परिणत हुँदैआएको छ।

        चीनको राष्ट्रिय वन व्यूरोले चीनभरि बालुवाको नियन्त्रण योजनालाई व्यवहारमा उतारिसकेको छ। चीनमा सन् 2010सम्ममा आधारभूत रुपमा जमीन बालुवामा परिणत हुने प्रवृत्तिलाई रोक्ने प्रयास भैरहेको छ। सन् 2030सम्ममा मरुभूमिकृत जमीनको कूल क्षेत्रफल हरेक वर्ष घट्दैजाने छ। सन् 2050सम्ममा मुलुकको सम्पूर्ण मरुभूमिकृत जमीनलाई हरियालीयुक्त भूमिमा परिणत गरिसकिने छ।