जैविक विविधताको संरक्षण

CRI


       “जैविक विविधता सम्बन्धी सन्धि”मा सही गरेका मुलुकहरुमध्येको एक चीनले सम्बन्धित अन्तर्राष्ट्रिय मामिलामा सक्रियताका साथ भाग लिदै तथा सन्धिलाई व्यवहारमा उतार्दा देखापर्ने महत्वपूर्ण समस्या बारे आफ्नो मत व्यक्त गर्दैआएको छ। विश्वमा यस सन्धि सम्बन्धी कार्यकारी परियोजना पूरा गर्ने पहिलो समूहका मुलुकहरुमध्येको चीन पनि एक हो। सन् 1994 मा सम्पन्न भएको “चीनमा जैविक विविधताको संरक्षण गर्ने कार्यकारी योजना”ले पर्यावरणीय वातावरणको संरक्षण गर्ने प्रशस्त कार्यक्रमका लागि आधार प्रदान गरेको छ। “जंगली जन्तुको संरक्षण गर्ने कानून” वमोजिम, जंगली जन्तुको श्रोतलाई ध्वस्त पार्ने सबै आपराधिक कार्बाहीलाई निर्रुत्साहित गर्नका लागि अपराधिला२ मृत्यु दण्ड दिनुपर्छ र सबैभन्दा गम्भीर दण्ड मृत्यु-दण्ड हो।

       चीन सरकारका सम्बन्धित विभागहरुले जैविक श्रोतको प्रभावकारी संरक्षण गर्ने क्रमलाई महत्व दिइरहेको छ। सन् 2003को जनवरी महिनामा चीनको विज्ञान प्रतिष्ठानको तत्वावधानमा शुरु भएको लोपोन्मुख अवस्थामा रहेका वनस्पतिलाई जोगाउने सम्बन्धी परियोजनामा 15वर्षभित्र 12 वटा गोदावरी क्षेत्रमा संरक्षण गरिएका वनस्पतिहरुको किसिम 13 हजारदेखि 21हजारसम्म पुग्नुका साथै 458 वर्ग किलोमिटर कूल क्षेत्रफल भएको विश्वको सबैभन्दा ठूलो गोदावरीबारे उल्लेख गरिएको छ। यस परियोजनामा दुर्लभ वनस्पतिको संग्रह गर्ने कार्यका लागि गरिएको लगानी रकम 30 करोड चिनियाँ युआन पुगेको छ। साथै छिन लीङ्ग, ऊ हान, सि श्युआङ पान नान तथा पैचिङ्ग केन्द्रित जीन भण्डारको स्थापना गरिने छ।

       लोपोन्मुख अवस्थामा रहेका जंगली जन्तुहरुलाई जोगाउने परियोजना पनि निकै प्रभावकारी छ। चीनमा जंगली पशु पाल्ने 250वटा केन्द्र निर्माण गरिएको छ। पाण्डा, लगायतका सात जातका पशुलाई जोगाउने परियोजना ती केन्द्रहरुमा जारी छ। हाल जंगली जातका पाण्डाको संख्या एक हजार भन्दा बढी पुगेको छ र यिनीहरुको जीवनको वातावरणमा पनि निरन्तर रुपमा सुधार हुदैआएको छ। चु हावानको जातको संख्या पनि बढेर सातदेखि 250 सम्म पुगेकाले लोपोन्मुख अवस्थामा रहेका प्राणीहरु विलिन हुनसक्ने संभावनालाई कम पारिएको छ। मान्छेद्बारा पालिएका चिनियाँ गोहीहरुको संख्या पनि लगभग दश हजार पुगेको छ। मुश्किलले देखापर्ने यस किसिमको बाघलाई चीनको उत्तर-पूर्वी भाग, पूर्वी भाग तथा दक्षिणी भागमा कहिलेकाहीं देख्नसकिन्छ। सेता पखेटा भएका सुनौला माछा पाल्ने तरिका बारेको अध्ययन मानिसले तिव्र गतिले गरिरहेको छ। संरक्षणको अथक प्रयास तथा शिकारमाथि कडा प्रतिबन्ध एवम् अन्तर्राष्ट्रिय समाजका केही पशु संरक्षण सम्बन्धी संगठनहरुको सहयोगका कारण अवैधानिक शिकारको कूल संख्यामा तिब्र गतिले कमी आएको सटुसलाई पनि राम्ररी संरक्षण गरिसकिएको छ। हाल यसको संख्या 70 हजार जति पुगिसकेको छ।