प्राकृतिक संरक्षण क्षेत्रको निर्माण

CRI


       चीनमा पहिलो प्राकृतिक संरक्षण क्षेत्र सन 1956मा क्वाङ तुङ्ग प्रान्तको चाउ छिङ्गमा स्थापित “दीङ हु पहाड प्राकृतिक संरक्षण क्षेत्र” हो। सन् 2000को अगष्ट महिनामा स्थापित शान च्याङ युआन प्राकृतिक संरक्षण क्षेत्र चीनको सबैभन्दा ठूलो (कूल क्षेत्रफल 3 लाख16 हजार वर्गकिलोमिटर), सबभन्दा अग्लो स्थानमा रहेको (औसतमा समुद्र सतहदेखि चार हजार मिटर) र जैविक विविधता सबैभन्दा बढी भएको संरक्षण क्षेत्र हो। सन् 2002को अन्त्यसम्ममा चीनमा स्थापित विभिन्न किसिमका प्राकृतिक संरक्षण क्षेत्रहरुको संख्या 1757 पुगेको छ र ती क्षेत्रहरुको कूल क्षेत्रफल 13 करोड 29लाख 50हजार हेक्टर पुगिसकेको छ र यो चीनको भू-भागको कूल क्षेत्रफलको 13.2प्रतिशत हो। ती प्राकृतिक संरक्षण क्षेत्रहरुले पानीको श्रोतको संरक्षण गर्ने, पानी तथा माटो सुरक्षित पार्ने, हावा रोक्ने तथा बालुवालाई फैलिन नदिने एवम् क्षेत्रीय मौसममा सुधार गर्ने आदि महत्वपूर्ण भूमिका खेलिरहेका देखिन्छ। आंशिक प्राकृतिक संरक्षण क्षेत्र विश्वव्यापी जैविक विविधताको संरक्षणका महत्वपूर्ण क्षेत्रहरु हुन्। चीनमा सबैभन्दा धेरै प्राकृतिक संरक्षण क्षेत्र भएको स्थान युन नान प्रान्त हो। यस प्रान्तमा 152वटा प्राकृतिक संरक्षण क्षेत्र छन्। ती क्षेत्रहरुको कूल क्षेत्रफल 28 लाख हेक्टर पुगेको छ। स् छयुआन प्रान्तमा पर्ने औ लुङ्ग तथा च्यौ चाइ कौ, ची लिन प्रान्तमा पर्ने छाङ्ग बाइ शान, क्वान तुङ्ग प्रान्तमा पर्ने दीङ्ग हु शान तथा कान सु प्रान्तमा पर्ने बाइस्वै आदि 22 वटा प्राकृतिक संरक्षण क्षेत्रलाई युनेस्कोले “विश्वव्यापी जैविक विविधता संरक्षण क्षेत्र”मा समावेश गरेको छ।