चीनको वातावरण संरक्षण कार्यको विकास
CRI

      
       तीस वर्ष लामो अथक प्रयासमार्फत चीनको वातावरण संरक्षण कार्यमा विश्वमै सर्वमान्य उपलव्धि हासिल भएको छ। आर्थिक संरचनाको तारतम्य मिलाउने तथा स्वदेशभित्रको आवश्यकताको सामन्जस्य गर्ने क्रममा चीनले वातावरण संरक्षण कार्यलाई निकै सबल पारेको छ। सामान्यतया चीनमा वातावरण प्रदूषणको चर्कंदो स्थितिलाई मोटामोटी रुपमा नियन्त्रण गरिएको छ। केही शहर र क्षेत्रको वातावरणको गुणस्तरमा सुधार गरिएको छ। यसबाट चीनमा दिगो विकासको रणनीतिलाई साकार तुल्याउनका लागि गर्नुपर्ने योगदान गरिएको छ।

सरकारद्बारा वातावरण संरक्षण कार्यलाई महत्व दिइने सम्बन्धमा

        सन्1997 देखि चीन सरकारले लगातर सात वर्षसम्म चीनको राष्ट्रिय जन-कांग्रेसको महाधिवेशन र चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मलेनको अधिवेशनका अवधिमा गोष्ठीको आयोजना गरी वातावरण संरक्षण सम्बन्धी प्रतिवेदन सुनेर वातावरण संरक्षण सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने कार्य गरेको छ। चिनियाँ नेतागणको धारणाअनुसार वातावरण संरक्षण कार्य मुलुकलाई शक्तिशाली पार्न, जनतालाई सम्पन्न तुल्याउन तथा विश्वमा शान्ति कायम गरिराख्नका लागि निकै महत्वपूर्ण तत्व हुनुका साथै यो मुलुकको सामाजिक-आर्थिक वातावरणको संरक्षणका लागि पनि निकै महत्वपूर्ण रहेको छ। उत्पादन शक्तिको सुरक्षा गर्नु नै वातावरण संरक्षणका लागि सारगर्भीत महत्वको कुरा हो। वातावरण र विकासको बहुमुखी निर्णायक संयन्त्रको स्थापना गर्नुपर्छ र त्यसलाई सुव्यवस्थित पार्नुपर्छ। विभिन्न क्षेत्रका अधिकारीहरु स्वयम् आफैले वातावरण सम्बन्धी समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी वहन गर्नु पर्छ। वातावरण संरक्षण कार्यलाई एकीकृत रुपमा अनुगमन गर्दै वातावरण संरक्षणका लागि लगानी बढाउनुका साथै जन-साधारणलाई त्यसमा सहभागी हुन प्रेरणा दिनु पर्छ। वातावरण प्रदूषण नियन्त्रण र पर्यावरण संरक्षण कार्यलाई एकैसाथ मिलाएर लैजानुपर्छ। यसका अतिरिक्त, केही महत्वपूर्ण शहर, नदी-खोलाका आसपासका क्षेत्र तथा सामुद्रिक क्षेत्रको वातावरण प्रदूषणको नियन्त्रणको व्यवस्था मिलाउनु पर्छ।

         राष्ट्रिय निकायहरुको सुधारका क्रममा वातावरण संरक्षण विभागलाई निरन्तर रुपमा सुदृढ गर्दैआइएको छ। सन् 1988मा राष्ट्रिय वातावरण संरक्षण विभागलाई पहिलेको राष्ट्रिय शहर र ग्रामीण क्षेत्रको निर्माण सम्बन्धी वातावरण विभागका रुपमा परिवर्तित गरेर चीनको राज्य परिषदको प्रत्यक्ष मातहतमा रहने विभागका रुपमा स्थापित गरिएको छ भने सन् 1993 मा त्यसलाई राज्य परिषदको प्रत्यक्ष मातहतमा रहने गरी उप-मन्त्रालय स्तरीय विभागको दर्जामा बढाइएको छ र सन् 1998 मा राज्य परिषदको प्रत्यक्ष मातहतमा रहने गरी मन्त्रालय स्तरसम्म उकासी गरेर त्यसलाई राष्ट्रिय वातावरण संरक्षण सामान्य विभागको नामाकरण पनि गरिएको छ ।

वातावरण प्रदूषण नियन्त्रित

         वितेका केही वर्षमा चीन सरकारले चौरासी हजार भन्दा बढी गम्भीर रुपमा वातावरण प्रदूषण गर्ने मझौला तथा साना खाले उद्योग-व्यवसायलाई बन्द गरेको छ वा स्थानान्तरण गरेको छ। प्रदूषिण दुई लाख अठतीस हजारवटा उद्योगव्यवसायहरुमध्ये नब्बेभन्दा बढीले त फोहर वस्तुहरुको निष्कासनमा निर्धारित मापदण्ड कायम गर्नपुगेका छन्।

          राष्ट्रले निर्धारण गरेका मुख्य क्षेत्रमा चरणबद्ध रुपमा प्रदूषण नियन्त्रण गर्ने कार्यमा सफलता प्राप्त भएको छ। व्हे ह नदीका शाखामा भैरहेको प्रदूषणलाई स्पष्ट रुपमा कम पारिएको छ। हाइ ह नदी, ल्याओ ह नदी आसपासको प्रदूषणलाई पनि केही हदसम्म कम पारिएको छ। थाइ हु तालको पानीको विग्रंदो अवस्थालाई प्रारम्भिक रुपमा नियन्त्रण गरिएको छ। युन् नान् प्रान्तको तेन ठ झीलको पानीको पोषण-तत्व तथा ठाउ हु तालको पोषण-तत्वको अवस्थामा राम्रो सुधार भएको देखिएको छ। दुइ किसिमका प्रदूषणलाई नियन्त्रण गर्ने क्षेत्रमा फुल्फुर दीओक्सिदको कुल निष्काशन मात्रा कम भएको छ र अमीलो पानी पर्ने क्षेत्र र त्यस किसिमको पानीको मात्रालाई पनि नियन्त्रण गरिएको छ। पैचिंग शहरमा वायुको प्रदूषणलाई नियन्त्रण गर्ने कार्यमा टड्कारो उपलव्धि हासिल गरिएको छ। पो हाई सागरको प्रदूषणलाई नियन्त्रण गर्ने कार्य पनि शुरु भएको छ।

पर्यावरण वातावरणको संरक्षण र निर्माण मजबूत

          चीनले प्रदूषण नियन्त्रण र पर्यावरणको संरक्षण दुबै कार्यलाई महत्व दिने तथा पर्यावरणीय संरक्षण तथा निर्माण दुबै कार्यलाई एकै साथ अघि बढाउने नीति अवलम्बन गर्दै पर्यावरणको संरक्षण र निर्माणको कदमलाई तिव्र पारेको छ। सारा चीनमा एक हजार दुई सय सत्ताइसवटा विभिन्न किसिमका प्राकृतिक संरक्षण क्षेत्रको स्थापना गरिएको छ र ती आरक्ष क्षेत्रको कुल क्षेत्रफल नौ करोड बयासी लाख दश हजार हेक्टर पुगेको छ। चीनको सम्पूर्ण भू-भागमध्य तिन्ले ओगटेको क्षेत्रफल अब नौ दशमलब पचासी प्रतिशत पुगेको छ। चीनले चारवटा पर्यावरणीय प्रान्त र दुइ सयवटा भन्दा बढी राष्ट्रस्तरीय पर्यावरणीय आदर्श क्षेत्रमा परिक्षण केन्द्रको स्थापना गर्ने कार्यलाई अनुमोदन पनि गरेको छ।

          अहिले वन-जंगल क्षेत्रमा व्यापक रुपमा प्रवेश निषेध गरी वृक्षारोपण गरिएको छ र तिनको कुल क्षेत्रफल चिनियाँ नाप अनुसार सात करोड अठहत्तर लाख चिनियाँ मु पुगिसकेको छ। तेह्र वटा प्रान्त, स्वायत्त प्रदेश र केन्द्र शासित शहरमा प्राकृतिक वन-जंगल फाँड्ने काम पूर्णरुपमा बन्द गरिएको छ । अहिले सारा चीनमा वन-जंगलले ढाकिएको क्षेत्रफल सम्पूर्ण क्षेत्रफलको सोह्र दशमलब पाँच प्रतिशत पुगिसकेको वताइएको छ।

वातावरण सम्बन्धी कानून निर्माणमा प्रगति

         हाल चीनले [वायु प्रदूषण नियन्त्रण कानून], [जल प्रदूषण नियन्त्रण कानून] ,[सामुद्रिक वातावरण संरक्षण कानून] मा संशोधन गर्नुका साथै [चर्को ध्वनि प्रदूषण नियन्त्रण कानून], [जल प्रदूषण नियन्त्रण कानून र कार्यान्वयन सम्बन्धी नियम], [निर्माणाधीन परियोजना सम्बन्धी वातावरण संरक्षण विधि-विधान] तर्जुमा गरेको छ। अहिलेसम्म चीनले वातावरण संरक्षण सम्बन्धी छवटा कानून, श्रोत-साधन सम्बन्धी कानून र वातावरण संरक्षण सम्बन्धी तीसवटा भन्दा बढी विधि-विधान प्रकाशित गरेको छ। यसका अतिरिक्त, चीनले वातावरण संरक्षण सम्बन्धी नब्बे भन्दा बढी नियमहरु पनि प्रकाशमा ल्याएको छ र वातावरण संरक्षण सम्बन्धी चार सय तीसवटा राष्ट्रिय मापदण्ड तर्जुमा गरेको छ। स्थानीय वातावरण संरक्षण कानून र नियमहरुको संख्या एक हजार बीस पुगिसकेको छ।

वातावरण संरक्षणका क्षेत्रमा लगानी वृद्धि

         सन् 1996 देखि सन् 2000 को अन्त्यसम्ममा सारा चीनमा वातावरण संरक्षणतर्फको कुल लगानी तीन खरब साठी अरब चिनियाँ युआन पुगेर सन् 1990 देखि सन् 1995सम्म दुइ खरब तीस अरब युआन् वृद्धि भएर सम्पूर्ण राष्ट्रिय गार्हस्थ्य उत्पादनको सुन्ना दशमलब त्रियान्नब्बे प्रतिशत पुगिसकेको छ। अझ विशेषगरी वितेका केही वर्षमा केन्द्रीय बित्तीय कार्यका लागि निर्माण सम्बन्धी लामो समयसम्मको राष्ट्रिय ऋणको पूंजीमा छयालिस अरब चिनियाँ युआन प्रदूषण नियन्त्रण र पर्यावरणको निर्माणमा प्रयोग गरिनेछ। यसबाट वातावरणको गुण स्तरमा सुधार गर्न, आन्तरिक आवश्यकतामा सामञ्जस्यता कायम गर्न तथा आर्थिक वृद्धि कायम गर्नका लागि सकारात्मक भूमिका निर्वाह गरिएको छ।

वातावरण सम्बन्धमा देशबासीहरुमा चेतना अभिवृद्धि

         वातावरण संरक्षण कार्यमा ध्यान दिने, त्यस कार्यको समर्थन गर्ने तथा त्यसमा सहभागी हुने दिशामा सारा समाजको उत्सुकता झन्-झन् बढ्दैआएको देखिएको छ। सन् 1998 — 1999 सम्म वातावरण संरक्षण सम्बन्धी चीनको राष्ट्रिय सामान्य विभाग र शिक्षा आयोगले, पैचिंग विश्वविद्यालयको राष्ट्रिय अवस्था अनुसन्धान केन्द्रले मुलुकका एकतीस वटा प्रान्त, स्वशासीत प्रदेश, केन्द्र मातहतका शहरका एक सय उनान्चालिसवटा जिल्लास्तरीय प्रशासनिक क्षेत्रका लगभग दश हजार घर-परिवारका वासिन्दाहरुलाई सोधपुछ गरेका थिए। त्यसको नतीजा अनुसार वातावरण सम्बन्धी समस्या समाजले ध्यान दिनेगरेको एक जल्दो-बल्दो विषय बनिसकेको छ र वातावरण संरक्षण सम्बन्धी शिक्षा नौ-वर्षीय अनिवार्य शिक्षा कार्यक्रममा राखिएको छ। ग्रीन स्कूल अर्थात वातावरण अप्रदूषित विद्यालय तथा वातावरण अप्रदूषित आवासीय क्षेत्रको स्थापना गर्ने कार्बाहीबाट झन-झन ठूलो सामाजिक प्रभाव उन्पन्न हुदैआएको देखिएको छ।

      सरकारले सर्वसाधारण जनतालाई वातावरण संरक्षण कार्यमा सहभागी हुन प्रेरणा दिने गरेको छ। यसका अतिरिक्त, वातावरण सम्बन्धी नराम्रा गतिविधिलाई उदांग्याउनका लागि बाह्र हजार तीन सय उनान्सत्तरीवटा टेलिफोनको पनि व्यवस्था गरिएको छ र वातावरण सम्बन्धी सूचनालाई सार्वजनिक गर्ने कार्यलाई सबल पारिएको छ। यस क्रममा सत्चालिसवटा महत्वपूर्ण शहरहरुको वायुको गुणस्तर सम्बन्धी दैनिक प्रतिवेदन, वातावरण सम्बन्धी भविष्यवाणी, मुख्य नदी-नालाहरु बग्ने क्षेत्रको मुख्य स्थानको पानीको गुणस्तर सम्बन्धी साप्ताहिक पत्रिका तथा मुख्य सामुद्रिक क्षेत्रको पौडी खेल्ने स्थानको पानीको गुणस्तर सम्बन्धी साप्ताहिक पत्रिका प्रकाशित गरिएको छ। हरेक वर्षको जुन पाँच तारिखका दिन विश्व वातावरण दिवस अघि-पछिको समयमा गत वर्षको राष्ट्रभरिको वातावरणको गुणस्तर सम्बन्धी प्रतिवेदन प्रकाशित गरिनेभएको छ।