वातावरण संरक्षण सम्बन्धी चीनको लक्ष्य

CRI

          वातावरण संरक्षण सम्बन्धी चीनको लक्ष्य होः सन् 2005सम्म वातावरण प्रदूषणको अवस्थालाई कम पार्नुका साथै पर्यावरणको वातावरण नाजुक हुने प्रवृत्तिलाई प्रारम्भिक रुपमा नियन्त्रण गरिनेछ। शहर र गाउँहरुमा वातावरणको गुणस्तर, अझ विशेष गरी, ठूला र मझौला शहर तथा मुख्य क्षेत्रको वातावरणको गुणस्तरमा सुधार गरिनेछ। यसका अतिरिक्त, समाजवादी बजारमूलक आर्थिक परिपाटीका लागि अनुकूल हुने खालको वातावरण संरक्षण सम्बन्धी कानून, नीति तथा सञ्चालन प्रणालीलाई सुव्यवस्थित गरिनेछ ।

         सन् 2005मा फुल्फुर दीओक्सिड, धुवाँ र धूलो तथा उद्योगबाट निस्कने चूर्ण-धूलो, उद्योगबाट निस्कने साह्रो रद्दी पदार्थ आदि मुख्य प्रदूषकको निकास मात्रा सन् 2000 को तुलनामा दश प्रतिशत घट्नेछ। आकाशबाट पर्ने अमिलो पानी तथा फुल्फुर दीओक्सीडको निकास मात्रा सन् 2000 को तुलनामा बीस प्रतिशत कम हुनेछ।

       चीनको आर्थिक तथा सामाजिक क्षेत्रमा दशौं पञ्च-वर्षीय योजनामा निर्धारित वातावरण सम्बन्धी लक्ष्यलाई साकार तुल्याउनका लागि यस अवधिमा सारा चीनमा वातावरण संरक्षणका लागि सात खरब चिनियाँ युआन् अनुदान दिइनेछ र यस संख्याले उही अवधिको राष्ट्रिय गार्हस्थ्य उत्पादन तेह्र प्रतिशत स्थान लिनेछ।