अखिल चीन राष्ट्रिय वातावरण संरक्षण विभाग

CRI

   

      नवौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको प्रथम सम्मेलनको अनुमोदन तथा चीनको राज्य परिषद्‍का सम्बन्धित संस्थाको सुधार सम्बन्धी योजनानुसार सन् 1998 मा चीनले मन्त्रालय स्तरको अखिल चीन राष्ट्रिय वातावरण संरक्षण विभागको स्थापना गर्ने निर्णय औपचारिक रुपमा गरेको थियो। प्रत्यक्षत: राज्य परिषद्‍को मातहतमा रहेको वातावरण संरक्षण कार्यको जिम्मा लिने सो अखिल चीन राष्ट्रिय वातावरण संरक्षण विभागको मुख्य कार्य र जिम्मेवारी यस प्रकार छन्: वातावरण संरक्षण सम्बन्धी राष्ट्रिय कार्यनीति、नीति、ऐन र प्रशासनिक नियमहरुको तर्जुमा गर्नु;पर्यावरणीय वातावरणमा असर पर्नसक्ने प्राकृतिक श्रोत-साधनको खनन-दोहन र प्रयोग गर्ने、महत्वपूर्ण वातावरणको निर्माण गर्ने तथा भताभुंग गरिएको वातावरणको पुनःस्थापना गर्ने कार्यको अनुगमन र रेखदेख गर्नु। त्यसको मातहतमा रहने निकायहरुमा विभिन्न तहका स्थानीय वातावरण संरक्षण शाखा, विभाग रहेका छन्। अखिल चीन राष्ट्रिय वातावरण संरक्षण विभागका प्रमुख शे चन् व्हा हुनुहुन्छ।
 

     अखिल चीन राष्ट्रिय वातावरण संरक्षण विभागको वेभसाइट ठेगाना: http://www.zhb.gov.cn