चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समिति

CRI

 

        सन् 1992 सालमा चीन सरकारले चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिको स्थापना गर्ने कुरालाई अनुमोदन गरेको थियो। यो उच्च स्तरीय अन्तर्राष्ट्रिय परामर्शदात्री अंग हो। त्यसको अध्यक्षता जन गणतन्त्र चीनको राज्य परिषद्‍का नेतागणले गर्नुहुने प्रावधान छ। (यसका वर्तमान अध्यक्ष उप-प्रधानमन्त्री चन् फै येन हुनुहुन्छ।) चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिको मुख्य कार्य र जिम्मेवारी यस प्रकार छन्: चीनको वातावरण र विकासका क्षेत्रत्रमा मौजुद रहेका ठूल्ठूला、जरुरी एवम् मुख्य कडीरुपी समस्याहरुको निराकरणका लागि नीतिगत सुझावहरु प्रस्तुत गर्नु, साथै नमूनाको रुपमा नीति प्रस्तुत गर्नु र परियोजना सञ्चालन गर्नु। चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिका सदस्यहरुमा चीनको राज्यपरिषद्‍को मातहतमा रहेका विभिन्न मन्त्रालय र आयोगका मन्त्री वा उप-मन्त्रीहरु、वातावरण संरक्षणतर्फ देश-विदेशका प्रख्यात विशेषज्ञहरु、प्रोफेसरहरु तथा अन्य मुलुकका मन्त्रीहरु तथा अन्तर्राष्ट्रिय संगठनका नेतागण समावेश छन्।
 

      चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिको वेभसाइटको ठेगाना :http://www.cciced.org