चीन वातावरण संरक्षण कोष

CRI


      सन् 1993 को अप्रिल महिनामा स्थापना भएको चीन वातावरण संरक्षण कोष(CEPF) नाफा नकमाउने उद्देश्य रहेको र कानूनी व्यक्तिको हैसियत भएको एक सामाजिक संस्था हो। यो चीनमा, विशेष गरी वातावरण संरक्षण कार्यमा लाग्ने प्रथम लोक संस्था हो। "जनताबाट प्राप्त, जनताका लागि, मानवजातिको हितका लागि" भन्ने सिद्धान्त वमोजिम चल्दै यस कोषले नानाथरिका पद्धति र तरीकामार्फत आवश्यक रकम-पूंजी जुटाउने गरेको छ। यस क्रममा चीनको वातावरण संरक्षण कार्यमा उल्लेखनीय योगदान गरेका व्यक्ति वा संगठनलाई नगद पुरस्कार दिई प्रोत्साहित गर्ने, वातावरण संरक्षणसित सम्बन्धित विभिन्न गतिविधि र परियोजनाहरुलाई आर्थिक सहायता प्रदान गर्ने, चीन र अरु मुलुकका बीच वातावरण संरक्षण सम्बन्धी प्राविधिक आदान-प्रदान र सहयोग विषयक कार्यक्रमहरु सञ्चालन गर्ने, चीनमा वातावरण संरक्षण सम्बन्धी कार्यकक्रम सञ्चालन、वैज्ञानिक अनुसन्धान、प्रचार-प्रसार र शिक्षा、 कर्मठ व्यक्तिलाई तालिम、प्राज्ञिक आदान-प्रदान、 वातावरण संरक्षण उद्योगको विकास तथा सम्बन्धित वैदेशिक कार्यकलाप जस्ता वातावरण संरक्षणसित सम्बन्धित विभिन्न कार्यको विकासको लागि त्यस कोषले त्यसरी जुटाइएको रकमको प्रयोग गर्ने गरेको छ।
 

     चीन वातावरण संरक्षण कोष(CEPF) को वेभसाइट ठेगाना:http://www.cepf.org.cn/