प्रकृतिको साथी
CRI


      
       चिनियाँ संस्कृति पुस्तकालय एवम् हरियो संस्कृति शाखा पुस्तकालय अर्थात् प्रचलित रुपमा भनिने "प्रकृतिको साथी"को स्थापना सन् 1994 को मार्च महिनामा चीन सरकारको अनुमोदनमा गरिएको थियो। जुन वातावरण संरक्षण सम्बन्धी चीनको प्रथम सामूहिक लोक संस्था हो। यसका मुख्य प्रस्तावक एवम् वर्तमान प्रमुख, चिनियाँ जन-राजनैतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका सदस्य एवम् चिनियाँ संस्कृति पुस्तकालयका निर्देशक-गुरु प्रोफेसर ल्याङ्ग छोंग चेन हुनुहुन्छ। " प्रकृतिको साथी"ले सर्वसाधारण जन-समुदायहरु माझ वातावरण संरक्षण विषयक शिक्षा दिने、हरियो सभ्यता प्रस्तावित गर्ने、चीनको विशेषतायुक्त हरियो संस्कृतिको स्थापना गर्ने र त्यसको प्रचार-प्रसार गर्ने तथा चीनको वातावरण संरक्षण कार्यलाई गतिशील तुल्याउने आफ्नो उद्देश्य निर्धारण गरेको छ।
  

       चीनको "प्रकृतिकोसाथी"को वेभसाइटको ठेगाना: http://www.fon.org.cn/