अन्तर्राष्ट्रिय वातावरण सम्बन्धी सहयोग र आदान-प्रदान
CRI

  

        विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र वातावरणीय संरक्षणका दृष्टिकोणले पनि विश्वको ठूलो मुलुकका हैसियतमा रहेर चीनले अन्तर्राष्ट्रिय वातावरण मञ्चमा महत्वपूर्ण भूकिमा खेलिरहेको छ। चीनले वातावरण सम्बन्धी विश्वव्यापी कुटनैतिक गतिविधिमा सकारात्मक रुपमा सहभागी भै यथोचित योगदान गर्नुका साथै अन्तर्राष्ट्रिय वातावरण र विकासका क्षेत्रमा सिर्जनात्मक भूमिका खेलिरहेको छ।

        सन् 1972 मा स्टकहोममा आयोजति पहिलो मानवीय वातावरण सम्मेलनमा भाग लिन चीन सरकारले एक प्रतिनिधि-मण्डल पठाएको थियो। सन् 1992 मा चीनका प्रधानमन्त्री लि फंगले चिनियाँ सरकारी प्रतिनिधि-मण्डलको नेतृत्व गरी लियो द-जेनेरोमा आयोजित वातावरण र विकास सम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिनुभएको थियो। सो अवसरमा उहाँले 《हावापानी परिवर्तन सम्बन्धी प्रारुप सन्धि》र《जीव-जन्तुको विविधता सम्बन्धी सन्धि》मा हस्ताक्षर गर्नुभयो। अन्तर्राष्ट्रिय समुदायले सो कार्यको उच्च मूल्यांकन गरेको थियो। सन् 2002 को अगष्टमा प्रधानमन्त्री चु रुंग चिले चिनियाँ प्रतिनिधि-मण्डलको नेतृत्व गरी जोन्नेसवर्गमा आयोजित दिगो विकास सम्बन्धी शिखर सम्मेलनमा भाग लिनुभई चीन सरकारले 《क्योटो प्रोटोकल》लाई अनुमोदन गरिसकेको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समुदायले यस कार्यको व्यापक रुपमा प्रशंसा गरेको थियो।

       अन्तर्राष्ट्रिय वातावरण सम्बन्धी सम्मेलन र अन्तर्राष्ट्रिय सन्धि सम्बन्धी सम्झौता-वार्तामा चीनले सधैं नै विश्वव्यापी वातावरणको संरक्षण गर्ने विकासोन्मुख मुलुक र विकसित मुलुक सबैसित साझा तर भिन्नाभिन्नै कर्तव्य हुने सिद्धान्तमा डटेर विकासोन्मुख मुलुकको पक्षमा अटलतासाथ उभिंदै वातावरण क्षेत्रको प्रभुत्ववादको विरोध गर्दै र वातावरण समस्याको निहुँमा अन्य मुलुकको घरायसी मामिलामा हस्तक्षेप गर्ने कार्यको विरोध गर्दैआएको छ। ऐतिहासिक वा वर्तमानकालीन दृष्टिकोणबाट हेर्दा विकसित मुलुक नै वर्तमानकालीन वातावरण समस्याको मुख्य जिम्मेवार मुलुक हुन। यसबाट विकासोन्मुख मुलुकहरु अनाहकमा प्रभावित मात्र भएका छन। यसैले विकसित मुलुकहरुको कर्तव्य, सर्वप्रथम आवश्यक कदम चालेर विश्वव्यापी वातावरणको संरक्षण कार्यमा विकासोन्मुख मुलुक पनि संलग्न हुने प्रयासमा सघाउ पुर्‍याउनु हो।

      यसका अतिरिक्त, विश्वका विभिन्न मुलुकका वातावरण संरक्षण सम्बन्धी निजामति संगठनहरु, जस्तै विश्व प्रकृति कोष, जनावरलाई माया गर्ने अन्तर्राष्ट्रिय कोषले चीनका सम्बन्धित विभाग र निजामति संगठनसित बहुपक्षीय सहयोग गरी सकारात्मक उपलव्धि हासिल गरेका छन।

      चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा सर्थप्रथम “चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समिति”को नमूनाको सिर्जना गरेको छ। सो समिति सरकारको वरिष्ट परामर्शदाता संस्थाका रुपमा विश्वका 40 जनाभन्दा बढी गण्यमान्य व्यक्ति र विशेषज्ञबाट गठित छ र सो समिति स्थापित भएको 10 वर्षभन्दा बढी समयदेखि यता सो समितिले पटक-पटक चीन सरकार समक्ष धेरै रचनात्मक प्रस्तावहरु प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले सो समितिलाई वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगको आदर्शका रुपमा प्रशंसा गरेको छ।